+
+
Shares

मंगलबारको प्रदर्शनका ३३ घाइते त्रिवि शिक्षण अस्पतालमा भर्ना

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २४ गते १७:१७

२४ भदौ, काठमाडौं । जेनजी युवाहरूको प्रदर्शनमा घाइते भएका ३३ जनालाई त्रिवि शिक्षण अस्पताल महारागञ्जमा भर्ना गरिएको छ ।

मंगलबारको प्रदर्शनमा काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा प्रहरीसँगको झडपमा घाइते भएका ३३ जना त्रिवि शिक्षण अस्पतालमा उपचारत छन् ।

जसमध्ये ५ जनाको अवस्था गम्भीर रहेको अस्पताल प्रशासनले जानकारी दिएको छ ।

काठमाडौं र उपत्यका बाहिर सोमबार र मंगलबार भएको प्रदर्शनमा २१ जनाको मृत्यु भएको छ । जसमध्ये १९ जनाले काठमाडौंभित्रै प्रहरीको गोली लागेर ज्यान गुमाएका छन् ।

 प्रदर्शनमा हालसम्म ५०० भन्दा बढी घाइते भएको अनुमान छ । घाइतेहरूको त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, ट्रमा सेन्टर, सिभिल अस्पताल लगायतमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?