
२५ भदौ, काठमाडौं । डडेलधुरास्थित जिल्ला कारागारबाट भागेका २६ जना कैदीबन्दीहरू नियन्त्रणमा लिइएको छ । नेपाली सेनाले दिएको जानकारी अनुसार, बुधबार २६ जना कैदीलाई नियन्त्रणमा लिइएको हो ।
सोमबार र मंगलबार भएको जेनजीहरूको प्रदर्शनपछि देशभरका विभिन्न कारागारबाट कैदीबन्दीहरू भागिरहेका छन् ।
विभिन्न कारागारका कैदीहरूले आगजनी समेत गरिरहेका छन् ।
काठमाडौं डिल्लीबजारस्थित सदर कारागारबाट भाग्ने प्रयास गरेका कैदीबन्दीहरूलाई रोकिएको पनि सेनाले जानकारी गराएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4