+
+
Shares

वायुसेवा कम्पनीहरूले गरे सबै आन्तरिक उडान बन्द

मुलुकमा सोमबार र मंगलबार भएका आन्दोलन र हिंसाका घटनाका कारण यात्रुहरूलाई विमानस्थल आवतजावतका लागि बाधा उत्पन्न भएको देखिएका कारणले विमानस्थलहरूबाट हुने उडान सबै बन्द गरिएको संघले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २५ गते १५:२९

२५ भदौ, काठमाडौं । निजी वायुसेवा कम्पनीहरूले आज बुधबारदेखि सबै आन्तरिक उडान बन्द गरेका छन् । दुई दिनयता उत्पन्न विषम परिस्थितिका कारण सबै उडान बन्द गरिएको उनीहरूको भनाइ छ ।

निजी वायुसेवा कम्पनीहरूको छाता संगठन वायुसेवा सञ्चालक संघका अध्यक्ष मनोज कार्कीले बुधबार विज्ञप्ति जारी गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुनः सञ्चालनमा आएपछि मात्र उडान पूर्ववत् सञ्चालनमा आउने जनाएका छन् ।

मुलुकमा सोमबार र मंगलबार भएका आन्दोलन र हिंसाका घटनाका कारण यात्रुहरूलाई विमानस्थल आवतजावतका लागि बाधा उत्पन्न भएको देखिएका कारणले विमानस्थलहरूबाट हुने उडान सबै बन्द गरिएको संघले जनाएको छ ।

‘विमानस्थल खुल्नासाथ संघका सदस्य वायुसेवा कम्पनीहरूले आफ्ना उडानहरू पूर्ववत् सञ्चालन गर्नेछन्,’ विज्ञप्तिमा छ, ‘सम्पूर्ण यात्रुहरूलाई सम्बन्धित वायुसेवा कम्पनीमा सम्पर्क गरी समयमा नै विमानस्थल पुग्न सहयोग गरिदिन अनुरोध छ ।’

संघमा बुद्ध एयर, यती एयरलाइन्स, सिम्रिक एयरलाइन्स, तारा एयर, सीता एयर, समिट एयर, एयर डाइनेस्टी, माउन्टेन हेली सर्भिसेस, प्रभु हेलिकप्टर्स, सिम्रिक एयर लगायत वायुसेवा कम्पनी सदस्य छन् ।

संघले केही अराजक तथा उछृङ्खल मनोवृत्तिका व्यक्तिहरूले निजी क्षेत्रबाट सञ्चालित वायुसेवा कम्पनीका कार्यालयमा समेत आगजनी गरेको घटना निन्दनीय भएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?