+
+
Shares

गंगा दाहालको घरमा मृत भेटिएका व्यक्ति सुनाकोठीका सुरज खत्री

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २५ गते १७:२९

२५ भदौ, काठमाडौं । नकेपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी गंगा दाहालको घरमा मृत भेटिएका व्यक्तिको पहिचान भएको छ ।

जलेको अवस्थामा मृत भेटिका व्यक्ति सुरज खत्री रहेको बताइएको छ । जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीका अनुसार मृत भेटिएका व्यक्ति ललितपुरकै सुनाकोठीका २५ वर्षीय सुरज खत्री हुन् ।

जलेको अवस्थामा भेटिएका उनको शव अहिले पोष्टमार्टमका लागि पाटन अस्पतालमा राखिएको छ ।

जेनजी प्रदर्शन उग्र बनेपछि मंगलबार दाहालको घरमा आगजनी भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?