
२५ भदौ, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका ९ नयाँ बस्तीमा भेटिएको बम भोलिमात्रै डिस्पोज हुने भएको छ ।
बनेपा नगरपालिका ९ नयाँ बस्तीको ध्यानकुटी बिहारभित्र बस्ती नै बस्तीबीचमा भेटिएको बम घरहरू नजिक भएको र अँध्यारो भएको कारण भोली बिहान मात्र डिस्पोज गर्ने श्रीमेयर गण धुलिखेलका गणपति झलक सुवेदीले जानकारी दिए ।
नेपाली सेनाको बम बिस्पोजल टोली बम भएको स्थानमा पुगे पनि डेट स्पायर भएको ८ वटा सकेट बम भएको कारण भोली उज्यालोमा डिस्पोज गरिने गणपति झलक सुवेदीले जानकारी दिए ।
‘बस्तीको विच त्यहिमाथी अध्यारो, एकदमै रिक्स छ अहिले त सम्भावनानै भएन, आवाज धेरै ठुलो आउने र बस्तीबाट ५ सय मिटर पर डिस्पोज गर्नुपर्ने भएकोले अहिले सकेनौं,’ गणपति सुवेदील भने ।
बमलाई नेपाली सेनाले घेरा हालेर राखेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4