
२६ भदौ काभ्रेपलाञ्चोक । पोखरामा मृत फेला परेकी युवती दोलखाकी भएको पुष्टि भएको छ ।
दोलखाको वैतेश्वर गाउँपालिका-८ छेत्रपा फेदीकी स्वस्थानी खड्का रहेको उनका छिमेकी पुष्कर अधिकारीले बताए ।
अधिकारीका अनुसार स्वस्थानी काठमाडौंमा काम गर्ने भए पनि कामको सिलसिलामा पोखरा पुगेकी थिइन ।
उनको शव लिन भिनाजु र भाइ पोखरा गएका छन् । दोलखामा रहेका स्वस्थानीका बुबा आमा काठमाडौं जाँदै गरेको अधिकारीले जानकारी दिए ।
स्वस्थानीको पोखरा लेकसाइड अंशुभरा स्क्वायरमा भएको आगलागीमा मृत्यु भएको थियो । खड्काको बुधबार जलेको अवस्थामा शव फेला परेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4