
२७ भदौ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको पुनर्गठन अनिवार्य रहेको बताएका छन् ।
मत प्राप्त गर्ने र विश्वास प्राप्त गर्ने फरक–फरक रहेकाले यसमा आत्मसमीक्षा गर्नुपर्ने उनले बताए । ‘नागरिकको विश्वास किन टुट्यो । यसको हामीले समीक्षा गर्नुपर्दछ । खासगरी नयाँ पुस्ताले हामीलाई नरुचाएको पाइयो,’ थापाले एक भिडियो सार्वजनिक गर्दै भनेका छन्, ‘उनीहरु किन हामीहरुसँग छैनन् ? यसको उत्तर खोज्ने मात्रै होइन, केही काम गर्ने पनि हो,’ गति र मति अनुसार पार्टी चल्न नसकेको बताए ।
कांग्रेसको अनुहारमा दाग लागेको हुँदा ऐना पुछेर नहुने उनले बताए । भिडियो सन्देशमा उनी भन्छन्, ‘सिंगो देशसँग कांग्रेसले माफी माग्नुपर्दछ । यो घाउलाई पुर्नुपर्दछ ।’
२३ र २४ भदौमा भएका अमानवीय र क्रुर सबै घटनाको छानविन हुनुपर्ने उनले माग गरे । सभापतिदेखि नेता कार्यकर्ताहरुलाई आक्रमण भएको थापाले जानकारी गराए । थापाले भने, ‘स्वभाविक आक्रोशलाई हामीले स्विकार गर्नुपर्दछ । तर, जहाँ नियतवश भएको छ । ती दण्डनीय छन् । तीनलाई कानुनको दायरामा ल्याउनुपर्दछ ।’
पुन: निर्माणको अग्रसरता पनि कांग्रेसले लिनुपर्ने महामन्त्री थापाले बताए ।
राष्ट्रपति, पार्टीहरु, आन्दोलनकारीसँग संवाद जारी रहेको उनले बताए । जेनजीहरुले चाहेको व्यक्तिलाई प्रधानमन्त्री बनाउन आवश्यक पहल कांग्रेसले गरिरहेको उनले सुनाए । ‘यो सरकारलाई हामी संविधानसँग जोड्न चाहन्छौं । संविधान एकपटक ट्रयाकबाहिर गयो भने फर्काउन सकिँदैन,’ थापाले भने ।
थापाले आज साँझसम्म सरकार बन्ने विश्वास व्यक्त गरे ।
भिडियो लिंक:
प्रतिक्रिया 4