
विश्वभर एआईबाट कोडिङ लगायतका विभिन्न कामलाई स्वचालित बनाउने होडबाजी चलिरहेको छ । यसबाट मानिसहरुको रोजगारीमा संकट गहिरिँदो छ । यहीँ मेलोमा अल्बानियाले एआईबाट भ्रष्टाचार अन्त्य गर्नका लागि एक नयाँ हतियारका पेस गरेको छ ।
शुक्रबार अल्बानियाका प्रधानमन्त्री एडी रामाले आफ्नो मन्त्रिपरिषद्मा एकजना एआई मन्त्री नियुक्त गर्ने घोषणा गरे । उक्त भर्चुअल मन्त्रीको नाम डिएला हो । अल्बानियाली भाषामा यसको अर्थ सूर्य भन्ने हुन्छ । यसलाई एआई प्रविधिको क्षेत्रमा यस्तो खालको पहिलो प्रयोग भएको बताइएको छ ।
विश्वको पहिलो एआई मन्त्री
वास्तवमा एआई प्रविधिको क्षेत्रमा अल्बानियाले गरेको उक्त काम अहिलेसम्म अमेरिका र चीनजस्ता विकसित देशहरुले पनि गर्न सकेका छैनन् । डिएला विश्वकै पहिलो एआई मन्त्री हो जसलाई भ्रष्टाचार अन्त्य गर्ने जिम्मेवारी दिइँदैछ ।
प्रधानमन्त्री रामाका अनुसार डिएलाले सार्वजनिक कोष परियोजना तथा सरकारी टेण्डरहरुको टेण्डरहरुको निगरानी गर्नेछ ताकि भ्रष्टाचारलाई पूर्णरुपमा अन्त्य गर्न सकियोस् । प्रधानमन्त्री रामाले अब मुलुकमा सबै सार्वजनिक टेण्डरहरु शत प्रतिशत भ्रष्टाचारमुक्त हुने बताएका छन्।
विश्वको पहिलो भर्चुअल मन्त्री डिएलालाई सन् २०२५ को सुरुमा ई अल्बानिया नामक सरकारी डिजिटल प्लाटफर्ममा लञ्च गरिएको थियो । त्यहाँ उसले भर्चुअल सहयोगीको रुपमा काम गर्दै आएको थियो र पारम्परिक अल्बानियम पोशाक लगाएर प्रयोगकर्ताहरुलाई वेबसाइट प्रयोग गर्नमा सहयोग गर्दथ्यो ।
प्रधानमन्त्री रामाले आफ्नो सत्ताधारी सोसलिस्ट पार्टीलाई बताए अनुसार अब सरकारी टेण्डरका विजेताको निर्णयको जिम्मेवारी मन्त्रीहरुको साटो डिएलाले गर्नेछ ।
अल्बानियामा सरकारी टेण्डरमा घोटालाको विषय लामो समयदेखि भ्रष्टाचारको अहम् मुद्दाको रुपमा रहेको छ । अब यस एआई सिस्टमले हरेक कम्पनीले सरकारी टेण्डरमा गर्ने बोलकबोलको समीक्षा गर्नेछ । जसका कारण टेण्डरमा हुने मानवीय दखल अन्त्य हुनुका साथै घुस, धम्की तथा पक्षपातजस्ता खतरा पनि समाप्त गर्नेछन् । सरकारी टेण्डरमा हुने भ्रष्टाचार अन्त्यको विषय सन् २०३० सम्ममा इयुमा सामेल हुने अल्बानियाको लक्ष्य पूरा गर्नका लागि महत्वपूर्ण छ ।
अल्बानियाली मिडियाले यस निर्णयलाई ठूलो परिवर्तनको रुपमा लिएका छन् जहाँ प्रविधि अब केवल सहायक टूल मात्र नभई शासनमा एक सक्रिय खेलाडि बनिसकेको छ ।
कानून विज्ञहरुका अनुसार अल्बानियाली भर्चुअल एआई मन्त्री डिएलाको आधिकारिकताको विषयमा भने अझैपनि थप का मगर्न आवश्यक छ । सन् १९९० मा कम्युनिष्ट शासन अन्त्य भएपछि अल्बानियामा भ्रष्टाचार एक गम्भीर समस्या बनेको छ । यस्तोमा एआई मन्त्री भ्रष्टाचार नियन्त्रणमा कत्तिको प्रभावकारी हुन्छ, त्यो हेर्न बाँकी छ।
प्रतिक्रिया 4