+
+
Shares

चिनियाँ वैज्ञानिकले बनाए बोन ग्लू, अब भाँच्चिएको हड्डी क्षणभरमै जोडिने

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २८ गते १२:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चीनका वैज्ञानिकहरुले विश्वमै पहिलोपटक हड्डी जोड्ने बोन ग्लू तयार पारेका छन्, जसले भाँच्चिएको हड्डीलाई २/३ मिनेटमै जोड्दछ।
  • बोन ग्लू सामुद्रिक सिपीबाट प्रेरित छ र ६ महिनामा शरीरमै घुल्ने बायोडिग्रेडेबल पदार्थ हो।
  • चीनको वेन्झोउमा डाक्टर लिन जियानफेंगको टोलीले डेढ सयभन्दा धेरै बिरामीमा परीक्षण गरी सुरक्षित र प्रभावकारी सावित गरेको छ।

चीनका वैज्ञानिकहरुले एउटा क्रान्तिकारी खोज गरेका छन् । उनीहरुले विश्वमै पहिलोपटक हड्डी जोड्ने ग्लू अर्थात् बोन ग्लू तयार पारेका छन् । यो ग्लूले भाँच्चिएको हड्डीलाई २/३ मिनेटमै जोडिदिन्छ ।

उक्त हड्डी जोड्ने ग्लू सामुद्रिक सिपीबाट प्रेरित छ । यो पूर्णरुपमा बायोडिग्रेडेबल छ, अर्थात् ६ महिनामा शरीरमै घुल्दछ । यो ग्लूको प्रयोगले भाँच्चिएका हड्डी जोड्नका लागि धातुको इम्प्लान्ट आवश्यक पर्नेछैन ।

के हो बोन ग्लू ?

चिनियाँ वैज्ञानिकहरुले बोन ०२ नामक उक्त जैविक पदार्थको विकास गरेका हुन्, जो हड्डीहरुलाई जोड्नका लागि प्रयोग गरिन्छ । यो सामुद्रिक सिपीबाट प्रेरित छ, जुन समुद्रमा बलियो सँग टाँसिएको हुन्छ ।

डाक्टर लिन जियानफेंगले समुद्रमा लहर तथा ज्वारभाटामा समेत सिपी नामक जीव नबहेर अडिग रहनसक्ने तथ्यको आधारमा रगतले भरिएको माहोलमा हड्डीलाई पनि जोड्न सकिन्छ कि भन्ने विचार गरे ।

सोही विचारको आधारमा उनले उक्त बोन ग्लू बनाए । उक्त ग्लूले २ सय केजीभन्दा धेरै वजन भएको वस्तुलाई समेत टाँस्ने क्षमता राख्दछ । सर्जरीका क्रममा उक्त ग्लूलाई लगाउनाले भाँच्चिएका हड्डीहरु २–३ मिनेटमै जोडिन्छन् ।

पुरानो विधिमा भाँच्चिएका हड्डी जोड्नलाई धातु प्रत्यारोपण गर्नु पर्दछ, जसलाई हटाउनका लागि अर्को सर्जरी गर्नु पर्दछ । तर बोन ग्लू भने ६ महिनामा भाँच्चिएको हड्डी पूर्णरुपमा जोडिएर ठीक भएसँगै आफै घुल्दछ र अर्को सर्जरीको आवश्यकता पर्दैन ।

बोन ग्लूलाई शल्यक्रियामा प्रयोग गर्नुअघि यो एउटा टाँस्सिने पदार्थको रुपमा हुन्छ । रगतले भरिएको माहोलमा पनि यो बलियोसँग टाँसिन्छ ।

वैज्ञानिकहरुले यो ग्लू बनाउने क्रममा ५० भन्दा धेरैवटा फर्मूला परीक्षण तथा सयौं परीक्षण गरे । यो पदार्थ जैविक रुपमा सुरक्षित छ र भाँच्चिएको हड्डीलाई जोडिएर निको हुन मद्दत गर्दछ ।

चीनको वेन्झोउमा डाक्टर लिनको टोलीले यो ग्लूको विकास गरेका हुन् । उक्त ग्लूको परीक्षण डेढ सय भन्दा धेरै बिरामीमा गरिएको र त्यो सबै सुरक्षित र प्रभावकारी सावित भएको थियो ।

यो पदार्थले हड्डी टुट्ने, फ्र्याक्चर तथा अर्थोपेडिक सर्जरीको क्षेत्रमा क्रान्ति ल्याउने अपेक्षा गरिएको छ । यसबाट पारम्परिक प्रत्यारोपण विधिको अनिवार्यता हट्नुका साथै सर्जरीको समय पनि कम हुनेछ ।

विश्वमा हरेक वर्ष करोडौं मानिसहरूले हड्डी भाँच्चिने समस्याको सामना गर्नुपर्दछ । परम्परागत विधिहरु महंगा र दर्दनाक हुन्छन् । धातुको इम्प्लान्ट लगाउनाले संक्रमण तथा अन्य सर्जरीको खतरा हुन्छ । यस्तो अवस्थामा बोन ग्लू यस समस्याको समाधान हो ।

यो पूर्ण रुपमा बायोडिग्रेडेबल हो र सरीरमा घुल्दछ । चीनले यो आविष्कारका लागि अन्तर्राष्ट्रिय पेटेन्टका लागि आवेदन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?