+
+
Shares

कास्की प्रहरी कार्यालय जलाउँदा घाइते भएका लामाको मृत्यु

प्रहरी कार्यालय तोडफोड तथा आगजनीका क्रममा जलेर घाइते भएका चितवनको भरतपुर –१० का ४३ वर्षीय विजय लामाको मृत्यु भएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २८ गते १६:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जेनजी आन्दोलनमा प्रहरी कार्यालय कास्कीको भवन जलाउँदा घाइते विजय लामाको उपचारको क्रममा मृत्यु भएको छ।
  • आन्दोलनकर्मीहरूले कास्कीका सरकारी कार्यालयहरू तोडफोड र आगजनी गरेका छन्।
  • प्रहरी कार्यालयभित्र डोजर लिएर आएका युवामाथि गोली लाग्दा उनको उपचार भइरहेको छ।

२८ भदौ, पोखरा। जेनजी आन्दोलनमा क्रममा जिल्ला प्रहरी कार्यालय कास्कीको भवन जलाउँदै गर्दा घाइते भएका एक जनाको मृत्यु भएको छ ।

प्रहरी कार्यालय तोडफोड तथा आगजनीका क्रममा जलेर घाइते भएका चितवनको भरतपुर –१० का ४३ वर्षीय विजय लामाको मृत्यु भएको हो ।

उनी पोखरा–१६ बस्ने गरेको र कतिपयलाई शुक्लागण्डकी–११ पनि ठेगाना बताउने गरेका थिए ।

प्रहरी कार्यालयमा आगोको मुस्लो परेका उनलाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्‍याइएको थियो ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका सूचना अधिकारी सुशीलकुमार अर्यालका अनुसार लामाको बिहान १२ बजे उपचारको क्रममा मृत्यु भएको हो ।

उनी ७० प्रतिशत जलेको अवस्थामा अस्पताल ल्याइपुर्‍याइएको अस्पतालका निर्देशक प्राडा प्रेमराज पंगेनीले जानकारी दिए ।

कास्कीका अधिकांश सरकारी कार्यालयहरु तेडफोड र आगजनी गरिसकेपछि आन्दोलनकर्मीहरु डोजरसहित जिल्ला प्रहरी कार्यालय पुगेका थिए ।

उग्र प्रदर्शन गरिरहेका आन्दोलनकर्मीहरु कार्यालयको गेट तोडफोड गर्दै प्रहरी कार्यालय छिरेका थिए। प्रहरी कार्यालय छाडेर निस्किएको थियो ।

प्रहरी कार्यालयभित्र पनि तोडफोट, लुटपाट र आगजनी भएको थियो । आन्दोलनकर्मीले लुटेको केही हतियार प्रहरीले प्राप्तसमेत गरिसकेको र केही अझै बाँकी प्रहरीको भनाइ छ ।
प्रहरी कार्यालयभित्रै डोजर लिएर गएका युवामाथि सुरुमा गोली लागेको थियो । उनको उपचार भइरहेको छ ।

आन्दोलनकर्मीहरुले पोखरा रत्नचोकमा रहेको अभि इकयुपमेन्ट डिभिजन कार्यालयको डोजर, लोडर, स्काभेटर र टिप्पर निकालेर सडकमा चलाउँदै, तोडफोड गर्दै हिँडेका थिए ।

आन्दोलनकर्मीहरुले पोखरामा अधिकांश प्रमुख सरकारी निकाय तोडफोड र आगजनी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?