+
+
Shares

मोरङ सीडीओ कार्यालयको सेवा अनिश्चितकालका लागि बन्द, अदालतले दशैंपछि मुद्दा हेर्ने

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २९ गते १५:२६

२९ भदौ, विराटनगर । जेनजी युवा समूहको आन्दोलनका क्रममा आगजनी र लुटपाट भएपछि जिल्ला प्रशासन कार्यालय मोरङको सेवा अर्काे सूचना जारी नभएसम्मका लागि स्थगित भएको छ ।

प्रशासन कार्यालयमा रहेका कम्युटर र अभिलेख जलेर नष्ट भएका कारण जिल्ला प्रशासन कार्यालय मोरङले प्रवाह गर्ने सेवा अर्काे अनिश्चिनकालका लागि बन्द गरेको हो ।

जसले गर्दा नागरिकता, राहधानी र राष्ट्रीय परिचय पत्र बनाउनु पर्ने सेवाग्राही मार्कामा परेका छन् ।

अराजक समूहले आगजनी गर्दा  प्रशासनको नागरिकता, राहदानी, राष्ट्रीय परिचयपत्रका सबै अन्य अभिलेख जलेका छन् । अन्य महत्त्वपूर्ण कागजात र उपकरणहरु पनि जलेर खरानी भएको छ ।

तत्काल सेवा प्रवाह गर्न नसक्ने भएका कारण अर्काे सूचना जारी नभएसम्मका लागि सेवा प्रवाह स्थगन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी  सरोज कोइरालाले  जानकारी दिए । कम्प्युटर प्रिन्टर जलेका कारण उनले आइतबार हस्तलिखित सूचना जारी गरे ।

अदालत असोज २० गतेसम्म बन्द

जिल्ला अदालत मोरङले दशै पछि मात्रै मुद्दाको सुनुवाइ गर्ने भएको छ । जेनजी आन्दोलनका क्रममा आगजनी र लुटपाट भएपछि खण्डहर बनेको अदालतले मुद्दाको सुनुवाइ असोज २० गतेबाट गर्नेछ ।

आगजनी र लुटपाटका कारण क्षति भएको र दशैं बिदा पनि परेका कारण असोज २० गतेसम्म अदालतले आंशिक मात्रै सेवा प्रवाह गर्ने अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए ।

अदालतले सरकारीवादी फौजदारी मुद्दाको अनुसन्धानका लागि म्याद थप, पक्राउ पुर्जी अनुमति र जरुरी पक्राउ पुर्जी  र थुनछेक बहस गर्नेछ । मुद्दाको सुनुवाइ असोज २० गतेपछि हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?