
२९ भदौ, काठमाडौं । महान्यायाधिवक्ता रमेश बडालले दिएको राजीनामा स्वीकृत भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले बडालले दिएको राजीनामा स्वीकृत गरेको प्रवक्ता प्रदिप कुमार कोइरालाले जानकारी दिए ।
भदौ २४ गतेबाट लागू हुनेगरी उनको राजीनामा स्वीकृत भएको प्रवक्ता कोइरालाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ
हरेक सरकार गठनपछि प्रधानमन्त्रीको सिफारिसमा नियुक्त हुने महान्यायाधिवक्ताले नयाँ प्रधानमन्त्री नियुक्त हुनासाथ राजीनामा दिने अभ्यास छ ।
नवनियुक्त प्रधानमन्त्री कार्कीले महान्यायाधीवक्ताको सिफारिस गरिसकेकी छैनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4