+
+
Shares

राष्ट्रिय बाल दिवस : अवोध बालबालिकाले गोली खानुपर्ने, बलिदानी दिनुपर्ने अवस्था

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २९ गते १७:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आज भाद्र २९ राष्ट्रिय बाल दिवस हो, तर जेनजी आन्दोलनमा बालबालिकाको मृत्यु भएपछि यो वर्ष बाल दिवस नमनाइएको छ।
  • बाल अधिकारका लागि राष्ट्रिय अभियानले बालबालिकाको सुरक्षा र उपचारमा सबै सरोकारवालालाई ध्यान दिन आग्रह गरेको छ।
  • अभियानले मानसिक असर कम गर्न एक सातासम्म सह-शैक्षिक गतिविधि सञ्चालन गर्न सुझाव दिएको छ।

काठमाडौं । आज भाद्र २९ अर्थात राष्ट्रिय बाल दिवस । आजको दिन देशभर बाल दिवस मनाइँदै आइएको छ । तर, यो वर्ष भने बाल दिवस मनाइएको छैन ।

जेनजी आन्दोलनको क्रममा भएको प्रदर्शनमा गोली लागेर बालबालिकाहरू मारिएपछि यो वर्ष बाल दिवस नमनाइएको बाल अधिकारका लागि राष्ट्रिय अभियान, नेपालले जनाएको छ ।

एक विज्ञप्ति जारी गर्दै अभियानले बालबालिकाको सुरक्षाबारे गम्भीर चासो व्यक्त गर्दै ध्यान दिन आग्रह गरेको छ ।

बाल दिवस मनाउन थालेको दशकौं बितिसक्दा समेत अझै पनि अबोध बालबालिकाले गोली खानुपर्ने, ज्यानको बलिदानी दिनुपर्ने अवस्था रहेको जनाएको छ । यस्तो अवस्थामा बाल दिवस मनाउनुको कुनै अर्थ नरहने उल्टै गिज्याईरहेको अनुभूति भएको जनाइएको छ ।

काठमाडौं उपत्यका संयोजक सुरेश मगरले जारी गरेको विज्ञप्ति भनिएको छ, ‘हरेक विपद् र संकटपछिको अवस्थामा बालबालिका थप जोखिममा पर्न सक्ने सम्भावित खतरा र जोखिमहरूमा विशेष ध्यान दिन सबै सरोकारवाला पक्षमा हामी जोडदार माग गर्दछौं । जेनजी आन्दोलनमा परी ज्यान गुमाएका र घाइते भएका बालबालिकाको परिवार (विशेषगरी परिवारमा रहेको अन्य बालबालिका) को उपचार, राहत लगायतका कार्यमा सबै जुट्न समेत अपिल गर्दछौं ।’

तत्काल सम्पूर्ण बालबालिका, अभिभावक, सरकार, विद्यालय र सम्बन्धित सम्पूर्ण सरोकारवाला पक्षमा विभिन्न विषयमा ध्यानाकर्षण गराएको छ ।

अभियानले विद्यालय खुलेसँगै परीक्षा तालिका रहेको भन्ने सुन्नमा आएको भन्दै तत्कालको परिस्थितिबाट सिर्जित वातावरणमा बालबालिकामा पर्ने मानसिक असरलाई कम गर्न एक सातासम्म सह-शैक्षिक गतिविधिहरू (जस्तै स्पोट्स विक)  सञ्चालन गर्नुपर्ने सुझावसमेत दिएको छ ।

त्यस्तै, मानसिक स्वास्थ्यसहित अन्य समस्यामा परेका बालबालिकाका लागि अभियानमा सम्पर्क गर्न भनिएको छ । त्यसका लागि अभियानका सदस्य दिनिशाँ बानिया-९८४३९६२५३५ र कृतिका दाहाल-९८४०१७०९३५ मा सम्पर्क गरी आवश्यक समन्व्य गर्न अनुरोध गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?