+
+
Shares

देव पटेलले स्थगित गरे ‘द पिजेन्ट’को नेपाल छायांकन, भन्छन्- क्रूको सुरक्षा प्राथमिकता

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ३० गते २१:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • देव पटेलले राजनीतिक अस्थिरता र सुरक्षा चुनौतीका कारण आगामी फिल्म 'पिजेन्ट' को नेपाल छायांकन स्थगित गरेका छन्।
  • फिल्मको छायांकन नोभेम्बरमा मुम्बई, महाराष्ट्र र राजस्थानका दुर्गम थलोमा गरिने छ।
  • फिल्मले १४ औं शताब्दीको परिवेशमा भारतीय गोठालाको कथा प्रस्तुत गर्नेछ र नेपालका केही प्राचीन आकृतिहरूको कल्पना समावेश गर्ने योजना थियो।

काठमाडौं । जेनजी आन्दोलनपछि विकसित राजनीतिक परिस्थिती र सुरक्षा चुनौतीलाई कारण देखाउँदै प्रसिद्ध बलिउड तथा हलिउड अभिनेता देव पटेलले आगामी फिल्म ‘पिजेन्ट’को नेपाल छायांकन स्थगित गरेका छन् ।

चर्चित भारतीय वेब-पोर्टल मिड-डेले यसबारे समाचार लेखेको छ ।

नेपाल छायांकन स्थगित गरेका उनले नोभेम्बरमा मुम्बईमा छायांकन गर्ने विवरणमा जनाइएको छ । पटेलको निर्देशन र शीर्ष भूमिका हुने यो फिल्मको छायांकन महाराष्ट्र र राजस्थानका दुर्गम थलोमा हुने उल्लेख छ ।

स्रोतले भन्यो, ‘हाम्रा कलाकार र क्रूको सुरक्षा हाम्रो प्रमुख प्राथमिकता हो । हामी नेपालमा राजनीतिक अस्थिरताबाट उत्पन्न हुने ढिलाइ वा अवरोधहरूको जोखिम लिन सक्दैनौं । जब अशान्ति बढ्यो, हामी व्यावहारिक हुनुपर्‍यो । भारतले हामीलाई दृश्यात्मक रूपमा आवश्यक पर्ने धेरै कुराहरू प्रदान गर्नेछ ।’

१४ औं शताब्दीको परिवेश सेट गरिने यो फिल्मले एक भारतीय गोठालाको कथा बताउँछ जसले भाडाका लडाकुको समूहविरुद्धको लडाइ पेश गर्छ । निर्देशकले नेपालका दुर्गम स्थानका केही भागको कल्पना गरेर फिल्म लेखेका थिए । यद्यपि, मेकरले नेपालको सेटिङमा भारतमै छायांकन गर्नुपर्नेछ ।

स्रोतले भन्यो, ‘नेपालमा केही प्राचीन आकृतिहरू छन्, जुन कथामा पूर्ण रूपमा फिट हुने थिए ।’

केही महिना अघिदेखि पटेल दोस्रो निर्देशकीय प्रोजेक्ट ‘द पिजेन्ट’मा केन्द्रित थिए । अब पटेलले मुम्बईमा भित्री दृश्य छायांकनसँगै फिल्मको सुरुवात गर्नेछन् । ‘देव सकेसम्म चाँडो सुरु गर्न उत्सुक छन्’ मिड-डेले लेखेको छ ।

चर्चित फिल्म ‘स्लमडग मिलेनियर’मा पटेलले जमल मलिकको भूमिका निर्वाह गर्नेछन् । यो फिल्मले उनलाई विश्वभर प्रसिद्धी दिलायो । सन् २०१६ मा उनले ‘लायन’बाट उत्कृष्ट सहायक अभिनेताको बाफ्टा अवार्ड जितेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?