+
+
Shares

भ्रष्टाचारसम्बन्धी आयोग बन्छ : प्रधानमन्त्री कार्की

‘कति भ्रष्टाचार भएको छ । अनियमितिता भएको छ त्यसको अनुसन्धान गरेर भए पनि हामीले कारबाही गर्ने सम्म मात्र पुर्‍यायौं भने सरकारले काम गर्न सक्छ । तर हामी बाटो चाहिँ बनाउँछौं’ बीबीसी नेपालीलाई दिएको अन्तर्वार्तामा प्रधानमन्त्री कार्कीले भनिन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ३१ गते १६:१०
Photo Credit : BBC Nepali News

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचार छानबिनका लागि छुट्टै आयोग बनाउने जानकारी दिइन्।
  • उक्त आयोगले अनुसन्धान गरेर अर्को सरकारका लागि सहज हुने आधार तयार गरिदिने उनले बताइन्।
  • मन्त्रिपरिषद्को बैठकले आयोग बनाउने सैद्धान्तिक निर्णय गरेको र सरकारको कार्यकाल ६ महिनाको भएकाले छिटो काम गर्ने उद्देश्य रहेको उनले उल्लेख गरिन्।

३१ भदौ, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचार छानबिनका लागि छुट्टै आयोग बनाउने जानकारी दिएकी छन् । आन्दोलनको म्याण्डेट नै भएकाले यो आयोग आवश्यक पर्ने उनले उल्लेख गरेकी छन् ।

उक्त आयोगले अनसुन्धान गरेर गरेर अर्को सरकारका लागि सहज हुने आधार तयार गरिदिने उनले बताइन् ।

‘कति भ्रष्टाचार भएको छ । अनियमितिता भएको छ त्यसको अनुसन्धान गरेर भए पनि हामीले कारबाही गर्ने सम्म मात्र पुर्‍यायौं भने सरकारले काम गर्न सक्छ । तर हामी बाटो चाहिँ बनाउँछौं’ बीबीसी नेपालीलाई दिएको अन्तर्वार्तामा प्रधानमन्त्री कार्कीले भनिन् ।

जेनजी आन्दोलनको दमन जाँचबुझका लागि तीन ससस्यीय आयोग बन्ने जानकारी दिएकी छन् । उनले सुरुमा एक महिनाको समय दिने र नसकिएको अवस्थामा थप १५ दिन समय उपलब्ध गराउने जानकारी दिइन् । मन्त्रिपरिषद्को बैठकले हिजो नै आयोग बनाउने सैद्धान्तिक निर्णय गरेको थियो ।

सरकारको कार्यकाल नै ६ महिनाको भएकाले यो अवधिमा अधिकतम काम गर्ने उद्देश्य रहेको उनले बीबीसीको विशेष अन्तर्वार्तामा बताएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?