
News Summary
Generated by OK AI. Editorially reviewed.- अहान पौडेलले आफ्नो वितरण कम्पनी चलचित्र इन्टरटेनमेन्ट एलएलसीमार्फत 'हरिबहादुरको जुत्ता' फिल्म अमेरिकामा ८० पर्दामा रिलिज गर्न लागेका छन्।
- फिल्म टेक्सास, न्यूयोर्क, ओहायो, पेन्सिलभेनिया लगायतका राज्यका सिनेमार्क, सिनेपोलिस, रेगल सिनेमाजमा प्रदर्शन हुनेछ।
- उज्वल पौडेलले छोराको कार्यप्रति उत्साह व्यक्त गर्दै दशैंको फूलपाती असोज १३ मा नेपालमा पनि फिल्म प्रदर्शन हुने जानकारी दिनुभयो।
काठमाडौं । ‘हरिबहादुरको जुत्ता’लाई अमेरिकामा रिलिज गर्दै आहान पौडेलले फिल्म वितरणमा डेब्यू गर्ने भएका छन् ।
उनी चर्चित नेपाली फिल्म वितरक उज्वल पौडेलका छोरा हुन् । पछिल्लो समय टेक्सासमा बसोबास गर्दै आएका उनले हरिवंश आचार्य स्टारर फिल्मलाई त्यहाँको बक्सअफिसमा रिलिज गर्न लागेको प्रेषित विज्ञप्तिमा जनाइएको छ ।
उनको वितरण कम्पनी चलचित्र इन्टरटेनमेन्ट एलएलसीले अमेरिकाका ८० पर्दामा फिल्म रिलिज गर्न लागेको जनाइएको छ ।
टेक्सास, न्यूयोर्क, ओहायो, पेन्सिलभेनिया, कनेक्टिकट, न्यू ह्याम्सायर, मासाचुसेट्स, नेब्रास्का, जर्जिया, मिजौरी, विसकन्सिन, नर्थ डेकोटा, मिनेसोटा, आयोवा, मेरिल्याण्ड, वासिङ्टन डीसी, भर्जिनिया, उटाह लगायतका सहर र राज्यमा फिल्म लाग्नेछ ।
त्यहाँका सिनेमार्क, सिनेपोलिस, रेगल सिनेमाज, मार्कस सिनेमाज र एप्पल सिनेमाज लगायतका चेनमा फिल्म रिलिजको तयारी भैरहेको आहानले जानकारी दिए ।
लामो समयदेखि वितरणमा सक्रिय बुवा उज्वलको पाइला पछ्याउँदै छोरा आहानले यो फिल्मबाटै वितरणमा हात हाल्न लागेका हुन् । यो फिल्मको अमेरिका रिलिजमा सघाउन उज्वल स्वयम अमेरिका जाँदैछन् ।
‘छोराको कार्यप्रति म उत्साहित छु । जसअनुसार, हरिबहादुरको जुत्ता अमेरिकामा रिलिज हुँदैछ’ उज्वलले अनलाइनखबरसँग भने । असोज १३ गते दशैंको फूलपातीमा नेपालमा समेत यो फिल्म प्रदर्शन तयारीमा छ ।
दीपेन्द्र के खनाल निर्देशित फिल्मलाई सरोज ओली र मोहितवंश आचार्यले निर्माण गरेका हुन् । हरिवंशको शीर्ष भूमिका रहेको यो फिल्मले प्रचारप्रसारलाई तीव्र तुल्याएको छ ।
प्रतिक्रिया 4