+
+
Shares

सेनाले संरक्षणमा राखेका नेताहरूको अवस्थाबारे मानव अधिकार आयोगको चासो

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ३१ गते १७:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारीहरूले प्रधान सेनापति अशोकराज सिग्देलसँग जेनजी प्रदर्शन, शान्ति सुरक्षा र नेपाली सेनाको संरक्षणमा रहेका अवस्थाबारे छलफल गरेका छन्।
  • आयोगले लोकतन्त्र, मानव अधिकार र विधिको शासनको परिधिभित्र रहेर कार्य गर्न नेपाली सेनालाई सुझाव दिएको छ।
  • आयोगले जेनजी प्रतिनिधि, मृतक परिवार, घाइते र बालबालिकासँग निरन्तर भेटघाट गरी मानव अधिकारको अवस्थाको अनुगमन गरिरहेको छ।

३१ भदौ, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारीहरूले प्रधान सेनापति अशोकराज सिग्देलसँग भेटवार्ता गरेका छन् ।

भेटवार्तामा जेनजीहरूले गरेको प्रदर्शन र देशमा बदलिँदो परिस्थिति, शान्ति सुरक्षा र नेपाली सेनाको संरक्षणमा रहेकाहरूको अवस्थाबारे छलफल भएको प्रवक्ता डा. टिकाराम पोखरेलले जानकारी दिए ।

छलफलका क्रममा देशको  शान्ति सुरक्षा, मानव अधिकारको संरक्षण र आगामी सुरक्षा चुनौतीको आकलन गर्दै लोकतन्त्र, मानव अधिकार र विधिको शासनको परिधिभित्र रहेर कार्य गर्न नेपाली सेनालाई आयोगले सुझाव दिएको पनि उनले बताए ।

जेनजी प्रदर्शन र त्यसपछिको बदलिँदो राजनीतिक परिस्थितिमा आयोगले सक्रियताका साथ मानव अधिकारको अवस्थाको अनुगमन गरिरहेको बताएको छ ।

आयोगले नेपाली सेनाको संरक्षणमा रहेकाहरूसँग सम्पर्कमा रही उनीहरुको सुरक्षा र स्वास्थ्य अवस्थाको सम्बन्धमा जानकारी लिइरहेको पनि उसले जनाएको छ ।

साथै, आयोगले जेनजी प्रतिनिधिहरू, मृतकका परिवार, घटनाका घाइते, घटनाका अन्य प्रभावितहरू तथा बालबालिकाहरुसँग निरन्तर भेटघाट गरिरहेको मंगलबार विज्ञप्तिमार्फत जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?