
News Summary
Generated by OK AI. Editorially reviewed.- अर्थ मन्त्रालयले दशैंको दिनबाहेक अन्य सार्वजनिक बिदाका दिनमा बैंक तथा भन्सार खुला राख्ने निर्णय गरेको छ।
- अर्थसचिव घनश्याम उपाध्यायले पहिरोले अवरुद्ध तातोपानी नाका जोड्ने बाटो खुलाउन सरकारले प्रयास गरिरहेको जानकारी गराएका छन्।
- अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रसँगको छलफलमा एकीकृत व्यापार पुनरुत्थान योजना ल्याउने र कर तथा मौद्रिक नीतिबाट सहुलियत दिन सरकार सकारात्मक रहेको बताए।
३१ भदौ, काठमाडौं । दशैंको दिन बाहेक अन्य सार्वजनिक बिदाका दिनमा बैंक तथा भन्सार खुला राखिने भएको छ ।
मंगलबार अर्थ मन्त्रालयमा निजी क्षेत्रका प्रतिनिधिसँगको छलफलमा अर्थसचिव घनश्याम उपाध्यायले सो जानकारी गराएका हुन् ।
उनले पहिरोका कारण अवरोध पुगेको तातोपानी नाका जोड्ने बाटो खुलाउन सरकारले प्यास गरिरहेको बताएका थिए ।
मंगलबार अर्थमन्त्री रामेश्वर खनालले मन्त्रालयमा निजी क्षेत्रका प्रतिनिधिमूलक संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिसँग छलफल गरेका थिए ।
छलफलमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श, नेपाल उद्योग परिसंघ, नेपाल अटो डिलर्स एसोसिएसन, चौधरी ग्रुप र भाटभटेनी ग्रुपसमेतका उद्योगी र व्यवसायी सहभागी थिए ।
सो क्रममा उद्योगी/व्यवसायीले कर सहुलियत, सहुलियतपूर्ण कर्जा, बीमा रकम यथाशीघ्र भुक्तानीको माग गरेका थिए ।
छलफलमा अर्थमन्त्री खनालले एकीकृत व्यापार पुनरुत्थान योजना ल्याउने जानकारी गराएका थिए ।
कर नीति तथा मौद्रिक नीतिबाट दिन सकिने सहुलियतका लागि सरकार सकारात्मक रहेको उनले जानकारी दिए ।
प्रतिक्रिया 4