+
+
Shares

सडक डिभिजन काठमाडौंले अनावश्यक कर्मचारी कटौती गर्दै

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ३१ गते १८:२०

३१ भदौ, काठमाडौं । सडक डिभिजन काठमाडौंले सुधारमा एक्सन थालेको छ ।

कार्यालयले १ असोजदेखि लागु हुने गरी अनावश्यक कर्मचारी कटौती थालेको कार्यालय प्रमुख सुवोधकुमार देवकोटाले जानकारी दिए ।

उनका अनुसार पहिलो चरणमा ३०/३५ जना कर्मचारीलाई बिदा दिन थालिएको छ ।

‘राजनीतिक पहुँचमा भर्ती भएका र कार्यालयमा अनावश्यक कर्मचारी कटौती गर्ने निर्णय भएको छ,’ उनले भने, ‘यस कामबाट कार्यालयको मासिक १५ लाख रुपैयाँ हाराहारी बचत हुने अवस्था छ ।’

सो कार्यालयले अनावश्यक खर्च कटौती गर्दै साधारण खर्च ५० प्रतिशतसम्म बचाउन सकिने अपेक्षा गरेको छ ।

अत्यावश्यक नभएसम्म कर्मचारीले सवारीसाधन प्रयोग गर्ने र तेल बचत गर्ने निर्णय समेत कार्यालयले गरेको छ ।

काठमाडौंका खाल्डाखुल्डी तत्काल पुरिने

कार्यालयले काठमाडौंका सडकमा रहेको खाल्डाखुल्डीको लगत संकलन तत्काल गर्दै पुर्ने तयारीमा समेत गरेको छ ।

जसबाट काठमाडौं तत्काल खाल्डाखुल्डी रहित बनाइने उनले जानकारी दिए ।

कार्यालयले टोल फ्रि नम्बर सार्वजनिक गर्ने र गुनासो आएको २४ घण्टाभित्र सडक मर्मत गरिसक्ने गरी एक्सनमा उत्रने निर्णय समेत कार्यालयले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?