
News Summary
Generated by OK AI. Editorially reviewed.- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सिंहदरबारभित्रको भवनमा आगजनी र तोडफोडपछि सेवा केशरमहल भवनवाट सुरु गरेको छ।
- मन्त्रालयले सिंहदरबार परिसरको भवन मर्मत सम्भार र सरसफाई पूरा नभएसम्म केशरमहलबाट सेवा प्रवाह हुने जानकारी गराएको छ।
- सानोठिमीस्थित वैदेशिक अध्ययन अनुमति शाखा, शैक्षिक परामर्श तथा प्रमाणिकरण शाखा र छात्रवृत्ति शाखाबाट सेवा निरन्तर जारी रहेको मन्त्रालयले बताएको छ।
३१ भदौ, काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको काम केशरमहल भवनवाट सुरु गरिएको छ।
सिंहदरबारभित्र रहेको मन्त्रालय जेन–जीको आन्दोलनमा आगाजनी र तोडफोड भएपछि सेवा केशरमहलबाट सुरु गरिएको मन्त्रालयले जनाएको छ ।
‘हाल केशर पुस्तकालय (साविकमा शिक्षा मन्त्रालय रहेको, केशरमहल भवनवाट सेवा सुचारू गरिएको र मन्त्रालयको सिंहदबार परिसरमा रहेको भवन मर्मत सम्भार एवं सरसफाईको कार्य सम्पन्न नभएसम्म यसै भवनवाट सेवा प्रवाह हुने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ,’ मन्त्रालयको सूचनामा भनिएको छ।
सानोठिमीस्थित वैदेशिक अध्ययन अनुमति शाखा, शैक्षिक परामर्श तथा प्रमाणिकरण शाखा र छात्रवृत्ति शाखावाट प्रदान हुँदै आएको सेवा पुर्ववत स्थानबाटै निरन्तर सुचारू रहेको मन्त्रालयले जनाएको छ।
प्रतिक्रिया 4