
News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेका निवर्तमान सांसदहरूले सिंहदरबारमा भदौ २४ गते भएको आगलागीले जलेका संरचनाहरूको अवलोकन गरेका छन्।
- आगलागीले एमाले र नेपाली कांग्रेसको संसदीय दलको कार्यालयसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय लगायतका संरचना ध्वस्त भएका छन्।
- प्रधानमन्त्री तथा गृह मन्त्रालयका कार्यालयहरू साविकको ठाउँमा बस्न नसक्ने भएपछि नजिकैको अर्को भवनमा सारिएका छन्।
३१ भदौ, काठमाडौं । नेकपा एमालेका निवर्तमान सांसदहरूले गरे सिंहदरबारमा जलेका संरचनाहरूको अवलोकन गरेका छन् ।
दिउँसो सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालय, नेपाली कांग्रेसको संसदीय दलको कार्यालयसहितका संरचनाहरूको अवलोकन गरेका हुन् । दुवै दलको संसदीय दलको कार्यालय आगलागीले ध्वस्त भएको छ ।
यही भदौ २४ गते भएको आगलागीका क्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, उर्जा मन्त्रालय, शिक्षा मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका संरचना समेत जलेका छन् । एमालेका निवर्तमान सांसदहरू यी संरचनाको अवलोकन गर्न समेत पुगे ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय साविकको ठाउँमा बस्न नसक्ने भएपछि नजिकै रहेको अर्को भवनमा सरिसकेको छ । गृह मन्त्रालय पनि साविकको ठाउँमा बस्न नसक्ने भएपछि अर्को भवनमा सरिसकेको छ ।
ती कार्यालयहरूमा भएको आगजनी एमालेका निवर्तमान सांसदहरूले आवलोकन गरेका हुन् ।
तस्वीरहरू : कमल प्रसाईं/अनलाइनखबर
प्रतिक्रिया 4