+
+
Shares

सञ्चारगृहमाथिको आक्रमणबारे नेपाल मिडिया सोसाइटीको निन्दा

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ३१ गते २१:०२

३१ भदौ, काठमाडौं । नेपाल मिडिया सोसाइटीले सञ्चारगृह, औद्योगिक प्रतिष्ठान, व्यक्तिका निजि निवास सार्वजनिक भवन तथा सञ्चारकर्मीमाथि भएका आक्रमण तथा लुटपाटका घटनाको अनुसन्धान गर्न माग गरेको छ ।

सोसाइटीका अध्यक्ष मदन लम्सालले एक विज्ञप्ति जारी गर्दै दोषीमाथि कारबाही गर्न र क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरिएको जानकारी गराएका छन् ।

भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा भएको हिंसात्मक घटनाहरूको निन्दा गर्दै सञ्चारगृहमाथि भएको आक्रमणप्रति सोसाइटीले दु:ख व्यक्त गरेको छ ।

‘प्रदर्शनको मौका छोपेर अपरााधिक समूहले पत्रकार र सञ्चारकर्मीमाथि गरेको कुटपिट र सञ्चारगृहमा भएको तोडफोड तथा आगजनीप्रति नेपाल मिडिया सोसाइटी  घोर भर्त्सना र निन्दा गर्दछ,’ जारी विज्ञप्तिमा भनिएको छ ।

निजी सम्पत्तिको संरक्षण गरिनु पर्ने संवैधानिक हक कोही कतैबाट अपहरण गरिनु हुँदैन भन्नेमा सोसाइटी दृढ रहेको विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?