+
+
Shares

एकपटक प्रधानमन्त्री र पार्टी प्रमुख भएका सबैले बिदा लिनुपर्छ : रावल

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ३१ गते २१:०८

३१ भदौ, काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले एक पटक प्रधानमन्त्री र पार्टी प्रमुख भइसकेका अहिलेका राजनीतिक दलका सबै नेताहरूले आत्मालोचनासहित बिदा लिनुपर्ने बताएका छन् ।

दलहरूमा पार्टी पुनर्गठनको बहस चर्कंदै जाँदा मंगलबार सञ्जालमार्फत रावलले यस्तो बताएका हुन् ।

‘एक पटक प्रधानमन्त्री र पार्टी प्रमुख भइसकेका वर्तमान राजनीतिक दलका सबै नेताहरूले आत्मालोचना गर्दै बिदाइ लिनु आवश्यक छ,’ रावलले भनेका छन् ।

त्यस्तै, दोस्रो पुस्ता भनेर चिनाउने नेताहरूदे पनि जनताले बुझ्ने र सुन्नेगरी आत्मालोचना गर्नु अपरिहार्य भएको उनको भनाइ थियो ।

‘आफूलाई ‘दोस्रो पुस्ता’ भनी चिनाउन चाहने तर व्यवहारमा न त हस्तक्षेपकारी बन्न सक्ने, न त निर्णायक भूमिका खेल्न सक्ने नेताहरूले पनि खुलेर, जनताले बुझ्ने र सुन्ने गरी आत्मालोचना गर्नु अपरिहार्य छ,’ रावलले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?