+
+
Shares

‘आन्टी लभर’ युट्युब चार्ट्सको शीर्षस्थानमा

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १ गते १२:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आशिष अविरल र कला लम्सालद्वारा संगीतबद्ध गीत ‘आन्टी लभर’ नेपालमा युट्युब चार्ट्सको शीर्षस्थानमा पुगेको छ।
  • ‘आन्टी लभर’को कूल भ्यूज १ करोड १२ लाख पुगेको छ र यो टिकटक र रिल्समा ट्रेन्डिङमा छ।
  • पछिल्लो २८ दिनको युट्युब चार्टमा ‘आन्टी लभर’ले ‘दुश्मन हेरेको हेर्‍यै’लाई उछिनेर पहिलो स्थान लिएको छ।

काठमाडौं । आशिष अविरल र कला लम्सालद्वारा स्वरबद्ध गीत ‘आन्टी लभर’ नेपालमा युट्युब चार्ट्सको शीर्षस्थानमा पुगेको छ ।

दुर्गेश थापाको बहुचर्चित ‘दुश्मन हेरेको हेर्‍यै’लाई उछिनेर उक्त गीत मंगलबार सूचीको शीर्षस्थानमा समावेश भएको हो ।

युट्युबले ट्रेन्डिङ पृष्ठ हटाएपनि ‘कस्ट्युम सर्च’मार्फत युट्युब चार्ट्समा लोकप्रिय गीतहरूको सूची हेर्न सकिन्छ ।

रमेश परियारद्वारा संगीतबद्ध ‘आन्टी लभर’को कूल भ्यूज १ करोड १२ लाख भएपनि यो गीतको इन्गेजमेन्ट राम्रो देखिन्छ, जसले दुर्गेशको ‘दुश्मन हेरेको हेर्‍यै’लाई पनि उछिन्यो ।

‘आन्टी लभर’ अहिले टिकटक र रिल्सको ट्रेन्डिङमा छ । यो गीतमाथि हजारौं रिल्स र टिकटक भिडियो बनेको देखिन्छ ।

सूचीको तेस्रो स्थानमा पनि दुर्गेशको गीत ‘जाने भए जाम माया’ छन् । नेपाल लोकेसनभित्रबाट हेरिएका गीतको सूची युट्युब चार्टले तयार गर्छ । यो सूची पछिल्लो २८ दिनको मात्र हो ।

पछिल्लो ३६५ दिनको सूचीको शीर्षस्थानमा भने ‘दुश्मन हेरेको हेर्‍यै’ र दोस्रो स्थानमा ‘रुकुम मैकोट’ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?