
१ असोज, काठमाडौं । नेकपा एमालेका उपाध्यक्षहरू सुरेन्द्र पाण्डे, रामबहादुर थापा बादल लगायतले क्षतिग्रस्त पार्टी कार्यालयको अनुगमन गरेका छन् ।
बुधबार दिउँसो च्यासलस्थित पार्टी कार्यालय पुगेर उनीहरूले त्यहाँको अवस्थाबारे जानकारी लिएका हुन् ।
गत २४ भदौमा भएको जेनजीहरूको प्रदर्शनका क्रममा एमाले कार्यालयमा पनि आगजनी र तोडफोड भएको थियो ।
तोडफोडपछि क्षतिग्रस्त बनेको कार्यालयमा हिजो (मंगलबार) महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली लगायतका नेताहरूले अनुमगन गरेका थिए ।
एमालेले क्षतिग्रस्त पार्टी कार्यालयको एक भाग लगभग ढाकिनेगरी कम्युनिष्ट पार्टीको झण्डासमेत राखेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4