+
+
Shares

‘जारी २’ कात्तिक २१ मा आउने, भाइटीकाको रिलिज डेट स्थगित

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १ गते १८:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जेनजी आन्दोलनले रोकिएको फिल्म ‘जारी २ : सङ अफ च्याब्रुङ’को नयाँ प्रदर्शन मिति कात्तिक २१ गते (७ नोभेम्बर) तय गरिएको छ।
  • निर्माता कम्पनी बाँसुरी फिल्म्सले तिहारको भाइटीकामा रिलिज गर्ने निर्णय स्थगित गर्दै नयाँ मिति घोषणा गरेको मणिराम पोखरेलले बताउनुभयो।
  • ‘जारी २’ दयाहाङ राई र मिरुना मगर स्टारर फिल्म हो जुन दुई वर्षअघि आएको सुपरहिट ‘जारी’को दोस्रो श्रृंखला हो।

काठमाडौं । जेनजी आन्दोलनले रोकिएको फिल्म ‘जारी २ : सङ अफ च्याब्रुङ’को नयाँ प्रदर्शन मिति घोषणा भएको छ । निर्माता कम्पनी बाँसुरी फिल्म्सले नयाँ पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरेको हो ।

जसअनुसार उपेन्द्र सुब्बा निर्देशित फिल्म कात्तिक २१ गते (७ नोभेम्बर)मा रिलिज हुनेछ ।

तिहारको भाइटीकामा प्रदर्शन हुने यसअघिको निर्णयलाई स्थगित गर्दै निर्माताले नयाँ रिलिज डेट तय गरेका हुन् । फिल्म क्षेत्रलाई मर्यादित बनाउने उद्देश्यले आफूहरु भाइटीकाको मितिबाट पछि हटेको बाँसुरी फिल्म्सका मणिराम पोखरेलले बताए ।

दयाहाङ राई र मिरुना मगर स्टारर ‘जारी २’ दुई वर्षअघि प्रदर्शनमा आएको सुपरहिट फिल्म ‘जारी’को दोस्रो श्रृंखला हो । पहिलो भागले घरेलु बक्सअफिसमा १७ करोडभन्दा धेरै कलेक्सन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?