+
+
Shares

सभामुख घिमिरेले भने- संसद् विघटन नगरी समाधान खोज्न सकेको भए राम्रो हुन्थ्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २ गते १२:५८

२ असोज, काठमाडौं ।  सभामुख देवराज घिमिरेले संसद् विघटन नगरी यसैभित्रबाट समाधान खोज्न सकिएको भए राम्रो हुने बताएका छन् ।

संसद्‍ विघटनको घटनालाई कसरी हेर्नुभएको छ भन्ने पत्रकारहरूको जिज्ञासमा सभामुख घिमिरेले यस्तो बताएका हुन् ।

जेनजी आन्दोलनका क्रममा जलेको संसद् भवन अनुगमन गर्न पुगेका सभामुख घिमिरेले भने, ‘जे घटनाहरू देशमा घट्यो, हामीले जे व्यहोरिरहेका छौं, यो ज्यादै दुखद् कुराहरू हो । यसबाट उठेर ठिक ढंगबाट अगाडि जानु सबैको दायित्व छ ।’

अन्तरिम सरकारको अगाडि ठूलो जिम्मेवारी रहेको भन्दै उनले अब यसलाई समाधान गर्ने गरी जान सक्नुपर्ने बताए ।

व्यवस्थापिका, न्यायपालिका र कार्यपालिकामाथि आक्रमण भएका कारण गम्भीर परिस्थिति सिर्जना भएको भन्दै सभामुख घिमिरेले यसको समीक्षा गर्ने र देशलाई उठाउन लागि आम मान्छे, आम जनता, आम क्षेत्र सबै लाग्नु पर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?