+
+
Shares

नेपालमा ‘डेमन स्लेयर’को कमाइ करोड नाघ्यो, जेनजी दर्शकले भरिए हल

यो फिल्म रिलिजको टाइमिङ पनि गजबको छ । नेपालमा जेनजी आन्दोलनको उभार आउँदा ठीक यही समयमा जेनजीको प्रिय फिल्म हलमा लागेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २ गते १६:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विश्वचर्चित जापानी एनिमे फिल्म‘डेमोन स्लेयर : किमेत्सु नो याइबा द मूभी इन्फिनिटी क्यासल’ले नेपालमा दुई दिनमै १ करोड ५ लाख रुपैयाँ कमाएको छ।
  • जेनजी आन्दोलनको कारण ५८ लाख रुपैयाँ टिकट रिफन्ड गरिएको छ।
  • यो फिल्म विश्वभर ४७६.५ मिलियन अमेरिकी डलर कमाइसकेको छ र सन् २०२५ मा सर्वाधिक कमाउने जापानी फिल्म बनेको छ।

काठमाडौं । विश्वचर्चित जापानी एनिमे फिल्म ‘डेमोन स्लेयर : किमेत्सु नो याइबा द मूभी इन्फिनिटी क्यासल’ले नेपालमा उत्कृष्ट कमाइ गरेको छ ।

रिलिजको दुई दिनमै यो फिल्मको कमाइ नेपाली बक्सअफिसमा १ करोड नाघेको छ । सिनेपाः बक्सअफिसमा यो फिल्मको कमाइ १ करोड ५ लाख रुपैयाँ ग्रस नाघेको छ ।

जेनजी आन्दोलनको कारण ५८ लाख रुपैयाँको टिकट रिफन्ड गरिसकेको फिल्म बुधबारदेखि नेपालमा रिलिज भएको थियो ।

शुक्रबार र शनिबार फिल्मको कमाइ झण्डै डेढकरोडदेखि २ करोडसम्म पुग्ने प्रक्षेपण गरिएको छ । चलचित्र संघले यो फिल्म हेर्न जेनजी उमेरका दर्शक हलमा उर्लिएको बताएको छ ।

हारुओ सोतोजाकी निर्देशित यो फिल्म जापानी मांगा सिरिजकै एक श्रृंखला हो । २० मिलियन अमेरिकी डलरमा बनेको यो फिल्मले अहिलेसम्म विश्वभर ४७६.५ मिलियन डलर कमाइ गरेको छ ।

यो फिल्म सन् २०२५ मा सर्वाधिक कमाउने जापानी फिल्म समेत बनेको छ । ‘मुगेन ट्रेन’पछि विश्वभर सर्वाधिक कमाउने यो दोस्रो जापानी फिल्म पनि हो ।

यो फिल्म ‘इन्फिनिटी क्यासल’ ट्रिलोजीको पहिलो भाग हो । यो फिल्मलाई नेपालमा एप्पल इन्टरटेनमेन्टले रिलिज गरेको हो ।

यो फिल्म रिलिजको टाइमिङ पनि गजबको छ । नेपालमा जेनजी आन्दोलनको उभार आउँदा ठीक यही समयमा जेनजीको प्रिय फिल्म हलमा लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?