+
+
Shares

एमालेले अध्यक्ष ओलीविनै मनायो संविधान दिवस (तस्वीरहरू)

आर्यन धिमाल आर्यन धिमाल
२०८२ असोज ३ गते १०:३७

३ असोज, काठमाडौं । नेकपा एमालेले संविधान दिवस मनाएको छ । संविधान स्थापना भएको १० वर्ष पुगेर ११ वर्षा लागेको अवसरमा एमालेले केन्द्रीय कार्यालयमा कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओली भने अनुपस्थित  भएनन् । जेनजी युवा आन्दोलनपछि सरकारको नेतृत्व छाड्न बाध्य भएका ओली औपचारिक कार्यक्रममा अझै सार्वजनिक भएका छैनन् ।

महासचिव शंकर पोख्रेलले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले गरेकी छन् भने प्रमुख वक्ता वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल रहेका थिए ।

कार्यक्रममा एमाले कार्यकर्ताहरूले ‘संविधानको रक्षा गरौं’, ‘संवैधानिक सर्वोच्चता कायम गरौं’, ‘सुशासन कायम गरौं’, ‘शान्ति स्थापना गरौं’लगायतका नाराहरू प्रदर्शन गरेका थिए ।

 

लेखक
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?