+
+
Shares

सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति ?

आज सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ३ गते १२:१७

३ असोज, काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज सुन प्रतितोला २ लाख १६ हजार रुपैयाँ कायम भएको छ । हिजो बिहीबार सुन तोलाको २ लाख १५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै शुक्रबार चाँदीको मूल्य तोलामा ६० रुपैयाँ बढेको छ । मूल्य बढेसँगै चाँदी प्रतितोला २ हजार ५ सय ८० रुपैयाँ पुगेको छ । बिहीबार चाँदी प्रतितोला २ हजार ५ सय २० रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?