+
+
Shares

उपत्यकामा मात्रै प्रहरीका ३४६ सवारी जलाइए

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ३ गते १४:४६
प्रहरी प्रभाग बालकुमारीमा भएको आगजनी।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं उपत्यकाका तीन जिल्लामा प्रहरीका ३४६ सवारी साधन जलेका छन् भने चार पांग्रे हेभी सवारी २४ वटा छन्।
  • प्रहरी प्रवक्ता एसएसपी शेखर खनालले १०४ चार पांग्रे लाइट गाडी र २१८ दुई पांग्रे सवारी जलेको जानकारी दिए।
  • प्रहरीले ठूलो मात्रामा सवारी जलेपछि दैनिक पुलिसिङमा असर परेको र केही संस्थाले मोटरसाइकल हस्तान्तरण गर्न थालेको बताएको छ।

३ असोज, काठमाडौं । जेनजी आन्दोलनको क्रममा नेपाल प्रहरीका सवारी साधनतर्फ पनि ठूलो क्षति भएको छ ।

काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्रै प्रहरीका ३४६ सवारी साधानहरू जलेको पाइएको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीका प्रवक्ता तथा एसएसपी शेखर खनालका अनुसार ३४६ सवारीमा क्षति भएको हो ।

जसमध्ये चार पांग्रे हेभी सवारी २४ वटा छन् । चार पांग्रे नै लाइट गाडी १०४ जना जलाइएको छ । दुई पांग्रे सवारी २१८ गरी ३४६ सवारी जलाइएको प्रहरीले बताएको छ ।

ठूलो मात्रामा सवारी जलेका कारण दैनिक पुलिसिङ तथा ड्युटीमा समेत असर परेको प्रहरीले बताउँदै आएको छ ।

केही संस्थाहरूले भने अहिले विभिन्न प्रहरी चौकी तथा बिटहरूलाई मोटरसाइकल हस्तान्तरण समेत गर्न थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?