
३ असोज, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका राजनीतिक दलहरूले आत्मसमीक्षा गरेर अगाडि बढ्नुपर्ने बताएकी छन् ।
जेनजी विद्रोहका क्रममा घाइते भएकाहरूलाई भेट्न प्रहरी अस्पताल पुगेकी भण्डारीले सबै पार्टीहरूमा आत्मसमीक्षाको खाँचो औल्याएकी हुन् ।
‘एउटा पार्टीको कुरा नगरौं । सबै पार्टीहरूले आफ्नो आत्मसमीक्षा गर्नुपर्छ र नयाँ पुस्ता के चाहन्छन्, देश र युगले के मागेको छ त्यो अनुसार अगाडि बढ्नुपर्छ’, उनले भनिन् ।
जेनजी पुस्ताको शान्तिपूर्ण आन्दोलनमा गोली चल्नु, ज्यान जानु, घाइते हुने र सार्वजनिक सम्पत्तिमाथि आगजानी गरिनुको गहिरो अध्ययन हुनुपर्ने पनि उनले बताइन् ।
जेनजीहरूको शान्तिपूर्ण आन्दोलनलाई सरकार सुन्नुपर्छ र आवश्यक पर्दा नेतृत्व परिवर्तन समेत गर्नुपर्छ भन्ने आफ्नो अडान रहेको पनि उनले बताइन् ।
तर आफ्नै घर र त्यहाँ रहेको ऐतिहासिक दस्तावेजहरू जलेकामा दु:ख लागेको पनि भण्डारीले बताएकी छन् ।
प्रतिक्रिया 4