+
+
Shares

नेपाल यात्रामा सतर्कता अपनाउन आफ्ना नागरिकलाई भारतको सुझाव

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ४ गते ८:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भारतले भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनपछि नेपालका लागि ट्राभल एडभाइजरी जारी गरेको छ।
  • नेपालस्थित भारतीय दूतावासले स्थिति सुध्रिएको भए पनि यात्रा गर्दा सतर्कता अपनाउन भनेको छ।
  • दूतावासले हेल्पलाइन नम्बर, आपतकालीन नम्बर र इमेल सार्वजनिक गरी आवश्यक परे सम्पर्क गर्न सुझाव दिएको छ।

४ असोज, काठमाडौं । भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका कारण सिर्जना भएको परिस्थिति देखाउँदै भारतले आफ्ना नागरिकका लागि ट्राभल एडभाइजरी जारी गरेको छ ।

नेपालस्थित भारतीय दूतावासले परिस्थिति सुध्रिएको भए पनि नेपाल यात्रा गर्दा सतर्कता अपनाउन भनेको छ ।

दूतावासद्वारा जारी एड्भाइजरीमा भनिएको छ, ‘गत केही हप्ताको तुलनामा नेपालमा स्थिति सुध्रिएको छ। सडकमार्ग हुँदै आवागमन र उडानहरू नियमित रूपमा चलिरहेका छन् । यद्यपि, नेपाल यात्रा गर्ने भारतीय नागरिकहरूले सतर्कता अपनाउन र भारतीय दूतावास वा स्थानीय प्रशासनले जारी गर्ने एडभाइजरीको पालना गर्न सुझाव दिइन्छ।’

भारतीय दूतावासले आफ्ना नागरिकहरूको सहायताका लागि हेल्पलाइन नम्बर, आपतकालीन नम्बर र इमेल पनि सार्वजनिक गरेको छ र आवश्यक परेमा दूतावाससँग सम्पर्क गर्न सुझाव दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?