४ असोज, काठमाडौं । सुसेला काव्यशालाले गत भदौ २३ र २४ गते जेनजी युवाहरूले गरेको भ्रष्टाचारविरोधी आन्दोलनमा मारिएका शहीदहरूलाई सम्झिएको छ । सुसेलाले आफ्नो नियमित काव्यशालाको सातौँ श्रृङ्खला जेनजी शहीदको स्मृति विशेष कार्यक्रम गरेको हो ।
शनिबार काठमाडौँको माइतीघरमा सुसेलाले शहीदहरूको सम्झनामा चारवटा गीत श्रद्धाञ्जलीस्वरुप प्रस्तुत गरेको हो ।
कार्यक्रममा शहीदहरूको सम्झनामा (भूपी शेरचन), वी स्याल ओभरकम (पिट सिगर), त्यो पुलिस–प्रशासन, त्यो न्यायालय (देवव्रत) र त्यो जुत्ता साथीको (विनोदविक्रम केसी) गीतहरू गाइएको थियो ।
ती गीतहरूलाई सुसेला समूहका अञ्जान बाबु, आरती विष्ट, बिराज ढुङ्गाना, श्रवण गौतम, सवीर कार्की, सौरभ ढकाल, अभिषेक शर्माले प्रस्तुत गरेका थिए ।
जेनजी युवाहरूले गरेको भ्रष्टाचारविरोधी प्रदर्शनमा सरकारी दमन हुँदा भदौ २३ गते १९ युवाहरू शहीद भएका थिए ।
त्यसको प्रतिरोधमा भदौ २४ गते युवाहरूले गरेको प्रदर्शनीले नेपालको सत्ता नै उल्टिएको थियो ।
परिवर्तनका लागि युवाहरूले गरेको उक्त विद्रोहमा समर्थन जनाउँदै सुसेलाले शहीदहरूको सपना यथाशीघ्र पूरा गर्न माग गरेको छ ।
प्रतिक्रिया 4