+
+
Shares

भारतीय राजदूतले भेटे ऊर्जामन्त्री घिसिङ

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ५ गते १३:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ऊर्जा, शहरी विकास तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङसँग भारतीय राजदूत नविन श्रीवास्तवले सिंहदरबारस्थित मन्त्रालयमा भेटवार्ता गरेका छन्।
  • राजदूत श्रीवास्तवले मन्त्री घिसिङलाई कार्यकालको सफलताको शुभकामना व्यक्त गर्दै भारतले नेपाललाई ऊर्जा, यातायात र पूर्वाधार क्षेत्रमा सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
  • मन्त्री घिसिङले नेपालको शान्ति व्यवस्था, विकास र समृद्धिमा भारतको साथ र सहयोग आवश्यक रहेको बताए।

५ असोज, काठमाडौं। ऊर्जा, शहरी विकास तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङसँग भारतीय राजदूत नविन श्रीवास्तवले भेटवार्ता गरेका छन् ।

आइतबार बिहान सिंहदरबारस्थित मन्त्रालयमा मन्त्री घिसिङले राजदूत श्रीवास्तवले शिष्टाचार भेटवार्ता गरेका हुन् ।

जेन-जी पुस्ताको आन्दोलनपछि अन्तरिम सरकारको शक्तिशाली मन्त्री बनेका घिसिङलाई राजदूत श्रीवास्तवले बधाइ ज्ञापन गर्दै कार्यकालको सफलताको शुभकामना व्यक्त गरे ।

भेटका क्रममा नेपालको ऊर्जा, यातायात, भौतिक पूर्वाधार, शहरी विकासका क्षेत्रमा भारतले सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गरे ।

नेपालको विकासका लागि भारतले सहयोग गर्दै आएको स्मरण गर्दै मन्त्री घिसिङले नेपालाई अहिले नेपालको शान्ति व्यवस्था, विकास र समृद्धिमा भारतको साथ र सहयोग आवश्यक रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?