
५ असोज, काठमाडौं । सिंहदरबार पुगेका जेनजी आन्दोलनका घाइतेहरू आक्रोशित बनेका छन् ।
गृहमन्त्री ओमप्रकाश अर्याललाई भेटेर आफ्नो ज्ञापनपत्र बुझाउन पुगेका घाइतेहरू हामी नेपालका संयोजक सुदन गुरुङको नाम लिँदै आक्रोशित बनेका हुन् । उनीहरूले सुदनलाई यो प्रदर्शनको लिडर भन्दै नहिँड्न समेत चेतावनी दिएका छन् ।
भित्र प्रवेश गर्न नपाएपछि घाइतेहरूले सिंहदरबार गेटमा धर्ना दिएका थिए ।
आइतबार सिंहदरबारको दक्षिण गेटमा धर्ना दिएका उनीहरूलाई प्रहरीको गाडीबाट गृहमन्त्रालयमा पुर्याइएको थियो ।
गृहको गेटमा पुगेका घाइतेहरू आक्रोशित हुँदै जेनजी प्रदर्शनमा कोही पनि लिडर नभएको र आफूहरूको माग सम्बोधन हुनुपर्ने भन्दै आक्रोश व्यक्त गरिरहेका छन् ।
निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले जेनजीहरूलाई ताकीताकी गोली नहानेको बताएका थिए । घाइतेहरूले भने आफ्ना घाउ देखाउँदै ‘यो के हो ?’ भन्दै प्रश्न गरिरहेका छन् ।
प्रतिक्रिया 4