News Summary
Generated by OK AI. Editorially reviewed.- जेनजी आन्दोलनका घाइतेहरूले आन्दोलनलाई हाइज्याक गर्न खोजिएको भन्दै गृहमन्त्री ओमप्रकाश अर्याललाई सिंहदरबारमा भेटेर ध्यानाकर्षण गराएका छन्।
- घाइतेहरूले आन्दोलनका शहीद र घाइतेहरुको अपमान हुने गतिविधि सह्य नहुने चेतावनी दिएका छन्।
- विभिन्न जेनजी समूहले सरकार समक्ष आ–आफ्ना माग राख्दा राजनीतिक दलका युवाहरूले आन्दोलनको लाभ उठाउन खोजेको भन्दै विवाद उत्पन्न भएको छ।
५ असोज, काठमाडौं । जेनजी आन्दोलनका घाइतेहरूले आन्दोलनलाई हाइज्याक गर्न खोजिएको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।
गत भदौ २३ र २४ गतेको आन्दोलनको क्रममा घाइते भएकाहरूले आइतबार सिंहदरबारमा गहमन्त्री ओमप्रकाश अर्याललाई भेट्दै आन्दोलनलाई हाइज्याक गर्न खोजिएको भन्दै ध्यानाकर्षण गराएका हुन् ।
आन्दोलनका घाइतेहरूले आन्दोलनका शहीद र घाइतेहरुको अपमान हुने किसिमका गतिविधिहरु सह्य नहुने चेतावनी पनि दिए ।
जेनजीका विभिन्न समूहरुले वर्तमान परिस्थितिमा सरकार समक्ष आ–आफ्नै माग राखिरहेका छन् ।
जसमा राजनीतिक दलमा आवद्ध युवाहरूले समेत जेनजी आन्दोलनको लाभ उठाउन लागेको भन्दै अर्को समूह आक्रोशित भएको छ । वास्तविक जेनजी पुस्ता आफूहरू रहेको भन्दै आन्दोलनबाट प्राप्त उपलब्धिमा रजाइँ गर्न नपाइने उनीहरुको चेतावनी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4