+
+
Shares

देउवा र खड्काको घरमा भेटिएको पैसाबारे बुझ्न पुग्यो सम्पत्ति शुद्धीकरण विभागको टोली

हरिहर भवनस्थित विभागबाट एसपी नवरत्न पौडेलसहितको टोली आइतबार उनीहरूको घरमा पुगेको उच्च स्रोतले अनलाइनखबरलाई जानकारी दिएको छ ।

नारायण अधिकारी नारायण अधिकारी
२०८२ असोज ५ गते २२:३०
शेरबहादुर देउवाको घरमा भेटिएका जलेका नोटहरू (तस्वीर : आर्यन धिमाल/अनलाइनखबर)

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पूर्वमन्त्री दीपक खड्काको घरमा सम्पत्ति शुद्धिकरण विभागको टोलीले मुचुल्का उठाएको छ।
  • जेनजी आन्दोलनका क्रममा जलाइएको देउवा र खड्काको घरमा ठूलो मात्रामा नगद रकम भेटिएको भिडियो सार्वजनिक भएको थियो।
  • सम्पत्ति शुद्धिकरण विभागले जलेको घर र रकम रहेको ठाउँको मुचुल्का गरी अनुसन्धान अघि बढाउने जनाएको छ।

५ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र कांग्रेसकै नेता तथा पूर्वमन्त्री दीपक खड्काको घरमा सम्पत्ति शुद्धीकरण विाभगको टोली पुगेको छ ।

हरिहर भवनस्थित विभागबाट एसपी नवरत्न पौडेलसहितको टोली आइतबार उनीहरूको घरमा पुगेको उच्च स्रोतले अनलाइनखबरलाई जानकारी दिएको छ ।

‘टोलीले आज मुचुल्का उठाउने काम गरेको छ । अन्य काम पनि अघि बढाइरहेका छौं,’ विभाग स्रोतले भन्यो ।

जेनजी आन्दोलनका क्रममा यी दुवै नेताको घर प्रदर्शनकारीले जलाएका थिए । उक्त घरमा ठूलो मात्रामा नगद रकम रहेको भन्दै भिडियोसमेत सार्वजनिक भएको थियो ।

बुढानीलकण्ठस्थित देउवाको घरमा डलर र नेपाली हजार, पाँच सयका नोटहरूका जलेको टुक्राहरू समेत भेटिएको थियो । पैसा राख्ने सुरुङ समेत भेटिएको दाबी गरिएको थियो ।

यता पूर्वऊर्जामन्त्री दीपक खड्काको घरबाट पनि केही रकम भेटिएको भिडियो सार्वजनिक भएको थियो । मन्त्री खड्काको घरमा रहेको भन्दै केही रकम उड्दै गरेका भिडियो बाहिरिएका थिए । रकम भेटिएको भिडियोहरू सार्वजनिक भएपछि आज विभागको टोली मुचुल्का गरेको हो ।

जलेको घर र त्यसको अवस्था, रकम रहेको ठाउँ लगायतको मुचुल्का भएको छ । त्यसपछि यो विषयमा अनुसन्धान गरिने विभाग स्रोतले बतायो । घटनाको ११ दिनपछि विभागको टोली गएर मुचुल्का गरेको छ ।

यता देउवाको सचिवालयले विज्ञप्ती जारी रकम राख्ने सुरुङ र पैसा नभएको दाबी गरेको थियो । उक्त सुरुङ नभइ पानी ट्यांकी रहेको दाबी देउवाको सचिवालयको थियो ।

लेखक
नारायण अधिकारी

अधिकारी अनलाइनखबरका लागि सुरक्षा, अपराध विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?