
५ असोज, काठमाडौं। सरकारले जेनजी आन्दोलनका कारण भएको क्षतिको पुनर्निर्माणका लागि आयात गर्ने सामग्रीमा भन्सार छुट दिने निर्णय गरेको छ ।
आइतबारको मन्त्रिपरिषद्ले पुनर्निर्माणका लागि आयात हुने सामग्रीमा ५० प्रतिशत भन्सार छुट दिने निर्णय गरेको हो ।
मन्त्रिपरिषद् निर्णय सुनाउँदै अर्थमन्त्री रामेश्वर खनालले आन्दोलन क्रममा उत्पन्न असामान्य अवस्थामा प्रभावित उद्योग तथा व्यावसायिक प्रतिष्ठान र आर्थिक गतिविधि तत्काल सुचारु गर्न सरकार, नेपाल राष्ट्र बैंक, बीमा प्राधिकरणले तत्काल लागु हुने गरी राहत कार्यक्रम सुरु गर्ने जानकारी दिए ।
मन्त्री खनालका अनुसार बीमा प्राधिकरणले बीमा कम्पनीहरूलाई दाबीको ५० प्रतिशत रकम अग्रिम भुक्तानी दिने व्यवस्था गर्ने छ ।
त्यसैगरी बैंक तथा वित्तीय संस्थाले आन्दोलन प्रभावित व्यापारी, उद्योगी तथा व्यवसायीको कर्जा तिर्ने अवधि बढाइ सहजीकरण गर्ने काम राष्ट्र बैंकले गर्ने खनालले बताए ।
त्यसैगरी प्रभावित उद्योग तथा व्यापारिक प्रतिष्ठानका कर्मचारीको जागिर नगुमोस् भनेर कर्जा भुक्तानी गर्न सक्ने कर्जा लिने र नसक्नेले राष्ट्रिय स्तरको पुनर्निर्माण कोषबाट दिइने मन्त्री खनालले बताए ।
प्रतिक्रिया 4