+
+
Shares

सञ्‍चारमन्त्रीमा जगदीश खरेलको नाम सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ५ गते २०:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री सुशीला कार्कीले सञ्‍चारमन्त्रीमा जगदीश खरेलको नाम राष्ट्रपति समक्ष सिफारिस गरेकी छिन्।

५ असोज, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सञ्‍चार तथा सूचना प्रविधिमन्त्रीमा जगदीश खरेलको नाम सिफारिस गरेकी छिन् ।  उनले आइतबार राष्ट्रपति समक्ष खरेलको नाम सिफारिस गरेकी हुन् ।

पत्रकार खरेल इमेज टिभीका समाचार प्रमुख थिए । दुई दशक भन्दा बढी समयदेखि पत्रकारिता गरिरहेका खरेलले त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसञ्चारमा स्नातकोत्तर गरेका छन् । उनी अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विषयमा विद्यावारिधी गरिरहेका छन् ।

प्रधानमन्त्री कार्कीले  राजनीतिक दल भन्दा बाहिरका व्यक्तिलाई मन्त्री बनाएकी हुन् । यसै अन्तर्गत उनले विषयगत क्षेत्रका  दलमा आबद्ध नभएका व्यक्तिलाई मन्त्रीमा सिफारिस गरेकी हुन् ।

दोलखाका खरेल  लामो समयदेखि चर्चित टिभी कार्यक्रम ‘हट सिट’ नामक अन्तर्वार्ताको शो चलाउँदै आएका थिए । राजनीतिक र सामाजिक विषय केन्द्रित टक शोबाट उनी चिनिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?