+
+
Shares

५ जना मन्त्रीहरूको नाम राष्ट्रपति समक्ष सिफारिस

प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो समूहमा साँझ गहन छलफल गरेपछि पूर्वन्यायाधीश अनिल कुमार सिन्हा, पत्रकार जगदीश खरेल, अतिरिक्त सचिव डा.संगिता मिश्रा, वैज्ञानिक महावीर पुन र तत्कालीन राज्‍य पुनर्संरचनाका संयोजक समेत रहेका डा. मदन परियारलाई मन्त्रीमा नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेकी हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ५ गते २२:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री सुशीला कार्कीले ५ जना मन्त्रीहरूको नाम राष्ट्रपति समक्ष सिफारिस गरेकी छिन्।
  • सिफारिस भएका मन्त्रीहरूमा पूर्वन्यायाधीश अनिल कुमार सिन्हा, पत्रकार जगदीश खरेल, डा. संगिता मिश्रा, महावीर पुन र डा. मदन परियार छन्।
  • राष्ट्रपतिको कार्यालयले मन्त्रीहरूको नियुक्ति र शपथ भोलि मात्र हुने जानकारी दिएको छ।

५ असोज, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले ५ जना मन्त्रीहरूको नाम राष्ट्रपति समक्ष सिफारिस गरेकी छिन् ।

उनले आफ्नो समूहमा साँझ गहन छलफल गरेपछि पूर्वन्यायाधीश अनिल कुमार सिन्हा, पत्रकार जगदीश खरेल, अतिरिक्त सचिव डा.संगिता मिश्रा, वैज्ञानिक महावीर पुन र तत्कालीन राज्‍य पुनर्संरचनाका संयोजक समेत रहेका डा. मदन परियारलाई मन्त्रीमा नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेकी हुन् ।

सिफारिस भएका मन्त्रीहरूको नियुक्ति र शपथ सोमबार मात्रै हुने राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री कार्कीले सर्वोच्च अदालतका पूर्वन्यायाधीश सिन्हालाई तीन वटा मन्त्रालयको जिम्मेवारी सम्हाल्नेगरी मन्त्रीमा सिफारिस गरेकी छन् ।

सिफारिस अनुसार सिन्हाले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय र कानुन मन्त्रालयको जिम्मेवारी सम्हाल्ने छन् । कानुन मन्त्रालयको जिम्मेवारी यसअघि गृहमन्त्री ओमप्रकाश अर्यालले नै लिएका थिए ।

प्रधानमन्त्री कार्कीले अतिरिक्त स्वास्थ्य सचिव डा. मिश्रालाई स्वास्थ्यमन्त्रीमा सिफारिस गरेकी छन् । स्वास्थ्य मन्त्रालयको अतिरिक्त सचिव रहेकी डा. मिश्रा स्वास्थ्यमन्त्री बन्ने सम्भावना देखेपछि उनले आइतबार नै राजीनामा दिएकी थिइन् ।

यस्तै पत्रकार खरेलललाई सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारीमा सिफारिस गरिएको छ ।

पत्रकार खरेल इमेज टिभीका समाचार प्रमुख थिए । दुई दशक भन्दा बढी समयदेखि पत्रकारिता गरिरहेका खरेलले त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसञ्चारमा स्नातकोत्तर गरेका छन् । उनले अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विषयमा विद्यावारिधी गरिरहेका छन् ।

डा. परियारलाई कृषि विकास तथा पशुपंंछि मन्त्रालयको जिम्मेवारी दिन मन्त्रीमा सिफारिस गरिएको छ । उनी कृषि विज्ञ हुन् । डा. परियारले तत्कालीन राज्‍य पुनर्संरचनाको संयोजक समेत भएर काम गरेका थिए ।

वैज्ञानिक पुनलाई शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीमा सिफारिस गरिएको छ । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक हुन् ।

पुनले दुर्गम जिल्लामा ताररहित इन्टरेनट विस्तारमा पुर्‍याएको योगदानको कदर गर्दै अन्तर्राष्ट्रिय म्यागसेसे अवार्ड समेत पाएका थिए ।

पछिल्लो समय उनलाई वीरगञ्जस्थित बन्द भएको कृषि औजार कारखानाको जिम्मा दिइएकोमा उनले त्यहाँबाट विभिन्न औजार र मेसिनको विकासमा काम गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?