+
+
Shares

दशैं नजिकिएसँगै गुल्मीमा दर्जन बढी स्थानमा प्रहरीले सुरु गर्‍यो हेल्प डेस्क

अनिल खत्री अनिल खत्री
२०८२ असोज ६ गते १२:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गुल्मीमा दशैं, तिहारको समयमा यात्रुहरूको सुरक्षित यात्राका लागि नागरिक सहायता कक्ष स्थापना गरिएको छ।
  • जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालयले तम्घास, वामी, रिडी लगायत १ दर्जन बढी स्थानमा सहायता कक्ष सञ्चालन गरिरहेका छन्।
  • सहायता कक्षले चौबिसै घण्टा सेवा दिने र जनचेतना फैलाउने काम गर्ने प्रमुख जिल्ला अधिकारी कोइरालाले बताए।

६ असोज, गुल्मी । गुल्मीमा दशैं, तिहार पर्वका बेला यात्रुहरूलाई सुरक्षित यात्राको व्यावस्था मिलाउन नागरिक सहायता कक्षको स्थापना गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मी र जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले नागरिक सहायता कक्षको स्थापना गरेका हुन् ।

जिल्लाको सदरमुकाम तम्घासको तम्घासको बुढाथोकी बसपार्क र उदिनढुङ्गा बसपार्क, वामी, रिडी बसपार्क, श्रृङ्गासहित विभिन्न १ दर्जन बढी स्थानमा नागरिक सहायता कक्षको स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक शंकर नारायणप्रसाद अधिकारीले बताए ।

सहायता कक्षको स्थपाना गर्दै जिल्लाका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालाले गुल्मीबाट बुटवलको छुट्ने बसको चालकलाई फूल माला लगाएर सुरक्षित यात्राको कामना सहित सुरु गरेको थियो ।

दशैं तिहारको समयमा बसपार्क क्षेत्रमा अत्यधिक भिड हुने भएकाले नागरिकको सहजताको लागि सहायता कक्ष स्थापना गरिएको प्रहरी उपरीक्षक अधिकारीले बताए ।

यो अवधिमा जाँच, ओभर लोड र मापसे जाँचलाई कडाइका साथ लैजाने उनले बताए ।

यात्रा गर्दा नागरिकले अनावश्यक सास्ती भोग्नुपर्ने, लुटिने तथा कुटिने चर्को मूल्य तिर्नु पर्ने समेतका घटनालाई मध्यनजर गरी नागरिक सहायता कक्ष स्थापना गरिएको हो ।

सहायता कक्षवाट सबै नागरिकलाई सचेत भएर यात्रा गर्नका लागि जनचेतना फैल्याउने काम प्रहरीले गर्ने प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालाले बताए ।

सहज र सरल तरिकाबाट यात्राका लागि वातावरण तयार गर्न यात्रु र सम्बन्धित यातायात व्यवसायी संघ, संस्थासंग समन्वय गर्ने काम प्रहरील गर्ने कोइरालाले बताए ।

चाडपर्वका बेला हुनसक्ने आपराधिक क्रियाकलाप नियन्त्रण, सवारी दुर्घटना न्यूनिकरण गर्न र सहज यात्राका लागि पनि नागरिक सहायता कक्षबाट काम हुने प्रमुख जिल्ला अधिकारी कोइरालाको भनाइ छ ।

तम्घासको बसपार्कमा स्थापना भएको सहायता कक्षमा चौबिसै घण्टा प्रहरीहरूले सेवा प्रदान गर्नेछ । यात्रुहरूलाई सजग र सुरक्षित यात्राका लागि समय समयमा जनचेतना मूलक सन्देश प्रवाह प्रहरीले गर्नेछ ।

नागरिक सहायता कक्षमा नागरिकले आफ्ना समस्या र गुनासाहरू पनि राख्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?