
News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनपछि जनजीवन सामान्य बनाउन र नागरिक अधिकारको प्रत्याभूति गर्न सरोकारवालासँग अपील गरेको छ।
- आयोगले जेनजी आन्दोलनका क्रममा सार्वजनिक र निजी सम्पत्ति तथा राज्य संरचनामा भएको क्षतिले शान्तिसुरक्षामा चुनौती खडा गरेको उल्लेख गरेको छ।
- आयोगले प्रशासनिक पूर्वाधारको पुनःसंरचना र मर्मतका लागि आवश्यक बजेट र स्रोत व्यवस्था गर्नुपर्ने आवश्यकता औंल्याएको छ।
६ असोज, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले जनजीवन सामान्य बनाउँदै नागरिक अधिकारको प्रत्याभूति गर्न सरोकारवालासँग अपील गरेको छ ।
सोमबार एक विज्ञप्ति जारी गर्दै आयोगले जेनजी आन्दोलनपछि मुलुकमा विकसित परिस्थितिलाई ध्यान दिँदै जनजीवन सामान्य बनाउन भूमिका खेल्न तीनै तहका सरकारसहित सरोकारवालाको ध्यानाकर्षण गराएको हो ।
जेनजी आन्दोलनका क्रममा सार्वजनिक र निजी सम्पत्ति तथा राज्यका विभिन्न संरचनामा भएको क्षतिले शान्तिसुरक्षामा गम्भीर चुनौती खडा गरेको आयोगको ठहर छ ।
आयोगले अहिलेको परिस्थिति संवदेनशील रहेको उल्लेख गर्दै संयमित आचरण, सहकार्य र एकीकृत योगदानका लागि सबै सरोकारवालालाई अपील गरेको छ ।
जेनजी आन्दोलनका क्रममा भएको क्षति भएका प्रशासनिक तथा आवश्यक पूर्वाधारको पुन:संरचना एवं मर्मतसम्भारमा आवश्यक बजेट र स्रोत साधनको व्यवस्था गर्नुपर्ने आवश्यकता आयोगले औंल्याएको छ ।
‘विकसित परिस्थितिमा सार्वजनिक सुरक्षा, कानूनको शासन र दैनिक अत्यावश्यक सार्वजनिक सेवा प्रवाह, न्याय, स्वास्थ्य, शिक्षा, सुरक्षा, सञ्चार, प्रशासनिक सेवासमेत) लाई प्रभावकारी बनाउन विशेष ध्यान दिनुपर्ने देखिन्छ,’ आयोगका सहसचिव एवं प्रवक्ता डा. टीकाराम पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
प्रतिक्रिया 4