+
+
Shares

हेटौंडाको बस्तीपुरमा बस, ट्रक र टंयाक्कर ठोक्कियो, ३१ जना घाइते

दुईको अवस्था गम्भीर

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ६ गते १४:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हेटौंडा उपमहानगरपालिका–१९ बस्तीपुरमा बस, ट्रक र तेल ट्यांकर एक आपसमा ठोक्किएर दुर्घटना हुँदा ३१ जना घाइते भएका छन्।
  • जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रहरी प्रमुख श्यामु अर्यालले दुई जनाको अवस्था गम्भीर रहेको बताउनुभयो।
  • घाइतेहरुलाई हेटौंडा अस्पताल र सीएमसी चुरेहिल हस्पिटलमा उपचारका लागि पठाइएको छ।

६ असोज, हेटौंडा। हेटौंडा उपमहानगरपालिका–१९ बस्तीपुरमा बस, ट्रक र तेल ट्यांकर एक आपसमा ठोक्किएर दुर्घटना भएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत् बस्तिपुरमा तीन वटा सवारी दुर्घटना हुँदा ३१ जना घाइते भएको घटनास्थलमा रहेका जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको अर्यालले बताए ।

घाइतेहरुलाई उपचारका लागि हेटौंडा अस्पताल र सीएमसी चुरेहिल हस्पिटल हेटौंडा पठाइएको छ ।

चितवनबाट बीरगञ्ज पर्सा जाँदै गरेको ना ६ ख २११९ नम्बरको यात्रुबाहक बसको अगाडिको चक्का पड्किएर अनियन्त्रित हुँदा विपरित दिशाबाट आएको ना ६ ख ८१८० नम्बरको मालबाहक ट्रकसँग ठोक्किएको थियो ।

ट्रक अनियन्त्रित भएर काठमाडौंबाट बारातर्फ जाँदै गरेको ना ७ ख १७७४ नम्बरको पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकरसँग ठक्कर खाएको डिएसपी अर्यालले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?