+
+
Shares

नयाँ शिक्षामन्त्रीका लागि केशर महलमा कार्यकक्ष तयार (तस्वीरहरू)

जेनजी आन्दोलनका क्रममा भएको आगजनीबाट सिंहदरबारभित्र रहेको शिक्षा मन्त्रालय क्षति भएपछि नयाँ शिक्षामन्त्रीको कार्यकक्ष केशर महलमा तयार गरिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ६ गते १५:१५

६ असोज, काठमाडौं । नयाँ शिक्षामन्त्रीका लागि केशर महलमा कार्यकक्ष तयार गरिएको छ ।

जेनजी आन्दोलनका क्रममा भएको आगजनीबाट सिंहदरबारभित्र रहेको शिक्षा मन्त्रालय क्षति भएपछि नयाँ शिक्षामन्त्रीको कार्यकक्ष केशर महलमा तयार गरिएको हो ।

शिक्षामन्त्रीमा सिफारिस भएका महावीर पुन शपथका लागि राष्ट्रपति कार्यालय पुगेका छन् । केही क्षणमा उनले शपथ लिनेछन् ।

शपथ लिएपछि उनी कार्याभार सम्हाल्न केशर महल जानेछन् ।

मन्त्री पुनको स्वागतका लागि कर्मचारीहरू अहिले मन्त्रालय आइपुगि सकेका छन् । आज सार्वजनिक बिदा भए पनि नयाँ मन्त्रीको स्वागतका लागि कर्मचारीहरू मन्त्रालय आएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?