
News Summary
Generated by OK AI. Editorially reviewed.- जेनजी प्रदर्शनमा फरार भएका दुई अमेरिकी कैदी मिचेल नोर्म्यान टेलर र जेसोन ल्लोडी मोडीलाई प्रहरीले पक्राउ गरेको छ।
- टेलर कास्की कारागारमा बाल यौन दुराचार मुद्दामा र मोडी सुन्धारा कारागारमा बलात्कार मुद्दामा जेल परेका थिए।
- पक्राउ परेका दुबै जनालाई कारागार बुझाउने तयारी भइरहेको सीआईबीका डीएसपी धर्मराज भण्डारीले बताए।
६ असोज, काठमाडौं । जेनजी प्रदर्शनमा कारागारबाट फरार भएका बलात्कार र बाल यौन दुराचार मुद्दाका २ अमेरिकी कैदी पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा अमेरिकाका ७० वर्षीय मिचेल नोर्म्यान टेलर र ४० वर्षका जेसोन ल्लोडी मोडी छन् ।
उनीहरूलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको हो । टेलर कास्की कारागारमा र मोडी सुन्धारा कारागारमा थिए ।
टेलर बाल यौन दुराचारमा र मोडी बलात्कार कसुरमा जेल परेका थिए ।
पक्राउ परेका दुबै जनालाई कारागार बुझाउने तयारी भएको सीआईबीका डीएसपी धर्मराज भण्डारीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4