+
+
Shares

कृषिमन्त्री परियारले गरे पदभार ग्रहण

सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले नेपाल र कोरियाबीच आलु र धान बालीमा अनुसन्धान गर्न यसअघि भएको सम्झौतालाई कार्यान्वयन गर्न समन्वय समिति गठन गर्ने प्रस्ताव सदर गरेका छन्।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ६ गते १७:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • डा. मदनप्रसाद परियारले ६ असोजमा कृषि तथा पशुपन्छी विकासमन्त्रीको पदभार ग्रहण गर्नुभयो।
  • उनले नेपाल र कोरियाबीच आलु र धान बालीमा अनुसन्धान गर्न सम्झौतालाई कार्यान्वयन गर्न समन्वय समिति गठन गर्ने प्रस्ताव सदर गर्नुभयो।
  • मन्त्री परियारले निर्वाचनलाई प्राथमिकतामा राखेर कृषि क्षेत्रमा फरक काम गर्ने र शासकीय सुधारमा योगदान दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

६ असोज, काठमाडौँ। नवनियुक्त कृषि तथा पशुपन्छी विकासमन्त्री डा.मदनप्रसाद परियारले पदभार ग्रहण गरेका छन् ।

सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले नेपाल र कोरियाबीच आलु र धान बालीमा अनुसन्धान गर्न यसअघि भएको सम्झौतालाई कार्यान्वयन गर्न समन्वय समिति गठन गर्ने प्रस्ताव सदर गरेका छन्।

मन्त्रालयका सचिवको नेतृत्वमा गठन हुने समितिले यसमा समन्वयको काम गर्ने जनाइएको छ ।

पदभार ग्रहणपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री डा परियारले निर्वाचनलाई प्राथमिकतामा राखेर कृषि क्षेत्रमा केही फरक काम गर्ने प्रतिबद्धता जनाए । शासकीय सुधार र बेथिति रोक्ने काममा सरकार लागिपर्ने उनको भनाइ थियो ।

मन्त्री डा. परियारले वर्तमान सरकारलाई प्राप्त शासकीय सुधार, बेथितिको अन्त्य एवं निर्वाचन गराउन प्राप्त ‘म्यान्डेट’ पूरा गर्न आफ्नो तर्फबाट सम्पूर्ण योगदान रहने प्रतिबद्धता व्यक्त गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?