+
+
Shares

घोराही सिमेन्टद्वारा मालपोत कार्यालयमा सरसफाइ र रङरोगन

उद्योगले आवश्यक सामग्री र श्रमिक आफ्नै पहलमा व्यवस्थापन गरी कार्यालयलाई व्यवस्थित र स्वागतयोग्य स्वरूपमा पुनः प्रस्तुत गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ६ गते १८:४०

काठमाडौं । घोराही सिमेन्ट उद्योग लिमिटेडले ‘हाम्रो समुदाय, हाम्रो जिम्मेवारी’ भन्ने मूलभावना अघि सार्दै घोराही मालपोत कार्यालयमा सरसफाइ तथा रङरोगन कार्य सम्पन्न गरेको छ ।

उद्योगले आवश्यक सामग्री र श्रमिक आफ्नै पहलमा व्यवस्थापन गरी कार्यालयलाई व्यवस्थित र स्वागतयोग्य स्वरूपमा पुनः प्रस्तुत गरेको हो ।

हालै घोराही नगरपालिकामा भएका अशान्तिपूर्ण घटनाका कारण प्रभावित सरकारी कार्यालयलाई आकर्षक र कार्यसुगम बनाउन गरिएको यस प्रयासले कार्यालयको वातावरण सुधार गर्नुका साथै सेवाग्राहीलाई सहज हुने विश्वास कम्पनीको छ ।

घोराही सिमेन्ट उद्योगले यसलाई केवल सरसफाइ वा रङरोगन मात्र नभई समुदायमा आशा, आत्मबल र एकताको भावना जगाउने साझा पहलका रूपमा लिएको छ ।

यससँगै उद्योगले यस्ता सामाजिक उत्तरदायित्वका गतिविधिलाई निरन्तरता दिँदै उज्ज्वल र मजबुत भोलिको निर्माणमा योगदान गर्ने प्रतिबद्धता जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?