
News Summary
Generated by OK AI. Editorially reviewed.- मुग्लिन–नारायणगढ सडकको तुइन खोला नजिकै पहिरो गएपछि राजमार्ग साँझ साढे ५ बजेदेखि दुईतर्फी खुलेको छ।
- सडक डिभिजन कार्यालय भरतपुरले पहिरो पूर्णरूपमा हटाएर दुईतर्फी यातायात सञ्चालनमा ल्याएको जनाएको छ।
- पहिरो हटाउन आज आवागमन रोकेर काम गरिएको र रातको समयमा ढुंगा खस्ने जोखिमका कारण यातायात रोकिएको थियो।
६ असोज, काठमाडौं । मुग्लिन–नारायणगढ सडकको तुइन खोला नजिकै पहिरो गएपछि एकतर्फी खुलेको राजमार्ग साँझ साढे ५ बजेदेखि दुईतर्फी खुलेको छ ।
सडक डिभिजन कार्यालय भरतपुरका अनुसार अहिले पहिरो पूर्णरूपमा हटाएर दुईतर्फी यातायात सञ्चालनमा ल्याइएको छ ।
दुईतर्फी सडक खुलाउन यहाँ आज आवागमन रोकेर काम गरिएको थियो । रातको समयमा ढुंगा खस्ने जोखिमका कारण यातायात गत राति रोकिएको थियो । शुक्रबार साँझबाट अवरुद्ध भएको सडक आइतबार साँझमात्र एकतर्फी खुलेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4