
News Summary
Generated by OK AI. Editorially reviewed.- कालजयी गीत ‘सिन्धुली गढी घुमेर हेर्दा’ ४६ वर्षपछि रिमेक गरी युट्युबमा पुनः सार्वजनिक भएको छ।
- यो गीत २०३६ सालमा रेडियो नेपालमा रेकर्ड भई पहिलो पुरस्कार जितेको थियो र कृष्णविक्रम थापाले शब्द, संगीत र स्वर दिएका थिए।
- रिमेक भिडियोमा रमेश विश्वकर्मा र दीप्सा कार्कीको अभिनय छ भने निर्देशन क्रान्ति केसीले गरेका छन्।
काठमाडौं । कालजयी गीत ‘सिन्धुली गढी घुमेर हेर्दा’ले पुनर्जीवन पाएको छ । रिमेक गर्दै यो गीत पुनः युट्युबमा सार्वजनिक भएको छ ।
२०३६ सालमा रेडियो नेपालमा रेकर्ड भई पहिलो पुरस्कार जित्न सफल भएको यो गीतलाई ४६ वर्षपछि नयाँ स्वरुपमा सार्वजनिक गरिएको हो ।
कृष्णविक्रम थापाको शब्द, संगीत र स्वर रहेको यो कालजयी गीतलाई राजु थापाले रिमेक गरेका हुन् । पुनः संयोजन रुविन श्रेष्ठले गरेका छन् ।
संगीतकार थापा स्वर्गीय कृष्णविक्रम थापाका जेठा छोरा हुन् । यो गीतमा शब्द, संगीत र स्वर कृष्णविक्रम थापाले दिएका थिए ।
यो गीत आमनेपालीको जिब्रोमा झुन्डिएको थियो । सिन्धुलीको ऐतिहासिक र सांगीतिक पहिचान बोकेको यस गीतको भिडियो छायांकन पनि सिन्धुली जिल्लाकै रमणीय स्थानमा गरिएको हो ।
रिमेक भिडियोमा रमेश विश्वकर्मा र दीप्सा कार्कीको अभिनय छ । बासु बरालको छायांकन रहेको भिडियोको निर्देशन क्रान्ति केसीले गरेका छन् ।
४ दशकभन्दा लामो अन्तरालपछि पुनर्जीवित यस गीतले नयाँ पुस्तालाई सिन्धुलीको सांगीतिक धरोहरसँग फेरि नजिक ल्याउने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया 4